सडकमा बनेकाे खाल्डाेमा बनेका तालमा डुबेर १३ वर्षिय बालिकाकाे मृत्यु

आइतवार, साउन १७, २०७८
0
183

साउन १७, गाेरखा ।  सडकमा बनेको खाल्डाेमा बनेकाे तालमा डुबेर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पालुङटार क्षेत्रमा सडकमा बनेको खाडलमा पौडी खेल्ने क्रममा १ जना बालिकाको मृत्यु भएको हो । अन्य २ जना बालिका भने सकुशल उद्वार गरिएको छ ।
पालुङटार नगरपालिका ६ को लामाटारकी १३ बर्षिया आशा तामाङको पौडी खेल्ने क्रममा ज्यान गएको हो ।

घरबाट बाख्रा चराउन २ जना साथीसंगै गएकी तामाङ पौवाटारदेखि शेरा तर्फको सडकमा ग्रावेल गर्ने क्रममा खनिएको खाडलमा जमेको पानीमा पौडी खेल्दा आशाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए ।

संगै पौडी खेलेका अन्य २ जनासाथीहरुलाई भने सकुशल उद्वार गरिएको छ । मध्यान्न १२ बजे भएको उत्त घटनापछि अहिले प्रहरी घटना स्थलमा पुगेको छ । प्रहरीले घटनाको बिषयमा प्रहरीले स्थानीयबासीहरु संग सोधपुछ गरिरहेको ्रजिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here