काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने निर्णय गरेको छ। शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी समितिको पहिलो बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
सत्ता साझेदार दलहरुबीच छलफल गरेपछि आफ्नो भागमा पर्ने मन्त्रालय टुंगो लागेपछि पार्टीले सरकारमा पठाउने मन्त्री तोक्ने बैठकले निर्णय गरेको छ। ‘प्रधानमन्त्रीसहित सत्ता साझेदार दलहरूबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ एक नेताले भने।
‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं। मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ,’ ती नेताले भने। सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले सात मन्त्रालय लिने अनौपचारिक सहमति भएको छ।