सुत्केरीकाे मृत्युपछि उपचार गराउन भन्दै गृह मन्त्रालयद्वारा उद्धार प्रयास

शुक्रबार, भदौ ११, २०७८
0
290

साउन ११, गाेरखा । जिल्लाकाे चुमनुव्री गाउँपालिकामा वडा नम्बर ६ चुम्चेतकी २५ बर्षिया दुईदिनकी सुत्केरी हिसे डोमा लामाको  कष्टकर पिडासँगै मृत्यु भएसँगै गृह मन्त्रालयले हेलिकप्टरबाट उद्धार गर्न प्रयास गरेकाे छ ।

बुधबार राती सुत्केरी भएकी लामाको सालनाल नझरेपछि हेलिकप्टर मार्फत उद्धारका लागि गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय गोरखालाई करिब साढे बाह्र बजे खबर गरेको थियो । सुत्केरीको उद्धारको लागि महिला, बालबालिका तथा जनसंख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकोप्टर पठाएको भएपनि हेलिकप्टर नपुग्दै उहाँको मृत्यु भएको गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बताए ।

उद्धार प्रक्रिया पनि झण्झटिलो भएकाले समयमा हेलिक्टर झिकाउन नसकिएको उनकाे भनाई छ । ‘प्रक्रिया पूरा गर्दैमा चार घण्टा जति बित्यो ’,  ‘सबै निकायबाट जतिसक्दो छिटो प्रयास गरेको भएपनि सुत्केरी बचाउन सकिएन ।’ बाक्लो हुस्सु लागेर मन्त्रालयको पठाएको हेलिकप्टर समेत अबतरण गर्न समस्या भएकाले पनि उद्धारमा थप ढिलाई हुँदा सुत्केरीको ज्यान गएको उनकाे भनाई छ ।

सडक सञ्जालसंग नजोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा प्रसव व्यथा लागेका महिलालाई हेलिकप्टर मार्फत सुत्केर गराउन काठमाण्डौ पठाउनुको अर्को बिकल्प छैन । ‘एक घण्टा मात्र छिटो हेलिकोप्टर पुर्याउन सकेको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो’, उपाध्यक्ष  कुमारी गुरुङले भनिन, ‘मौसमले पनि साथ दिएन, प्रक्रिया पनि झण्झटिलो सुत्केरी महिलाले ज्यान गुमाउनु पर्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here