Home Breaking News २०० मत गणना गर्दा न्याैपानेलाइ १७० मत प्राप्त, भाेट हाल्नेले पाए ७०...

२०० मत गणना गर्दा न्याैपानेलाइ १७० मत प्राप्त, भाेट हाल्नेले पाए ७० हजार

शनिबार, असाेज १६, २०७८
0
1094

गाेरखा । नेपाली काँग्रेसकाे १४ अाैँ महाधिवेशनका लागि गाेरखामा आजा भएकाे महाधिवेशन प्रतिनिधिकाे निर्वाचनमा सबै भन्दा धेरै जिल्लाका सचिव नन्द प्रसाद न्याैपानेलाइ १७० मत प्राप्त भएकाे छ । त्यस पछि राजेन्द्र बजगाइलाइ १४५ मत प्राप्त भएकाे छ ।  गाेरखा नगरपालिका मेयर राजनराज पन्तलाइ १२२ मत प्राप्त भएकाे छ ।  याे मत खुला तर्फ रहेका १० जनाका लागि हाे । १० वटा काेटाका लागि २२ जना प्रतिष्पर्धिहरु रहेका छन् । मत गणना जारी छ । आफ्नाे पक्षमा थाेरै मत ल्याउनेहरु डलरमणीले सिध्याए बाक्सा फेरीयाे भन्दै बाहिर हल्ला गरिरहेका छन् ।

काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले मतदान गरेकाे अवस्था हेर्दा जिल्लामा रहेर पार्टी र सङ्गठनका लागि काम गर्ने र जिल्ला बाहिर रहेर पनि आफ्नाे व्यावसायकाे आम्दानी जिल्लाकाे आपत्कालिन सेवामा लगानी गर्ने र गाउँमा  समस्या पर्दा सहयाेग गरेका उम्मेदवारहरुलाइ रुचाएर मतदान गरेकाे देख्न सकिन्छ ।

पार्टीलाइ गाली गर्ने कुरा ठूला गर्ने सेवाकाे नाममा केही नगर्ने काँग्रेस भित्रकै गरिवलाइ लुट्न खाेज्ने खालका नेताहरु यस पटक महाधिवेशन प्रतिनिधि नहुने मतदानमा सहभागी आरुघाट गाउँपालिकाका क्षेत्रीय प्रतिनिधि बताउँछन् ।

कतिपय उम्मेदवारहरुले १० हजारका दरले मत खरिद गर्दा काँग्रेस भित्रकै पूराना नेताहरु भने पाेष्टकार्ड बनाउन र बनाएका पाेष्टकार्ड बाेकिदिने प्रतिनिधि पाउन समेत कठिन भएकाे बताएका छन्  । मतदानका लागि लाइनमा बस्दै गर्दा प्रतिनिधिहरुले मलाइ हिसाव (कति पैसा दिने ) कति हाे भन्दै बार्गेनिङ गरिरहेका थिए । एक प्रतिनिधिले भने, ‘म हिजाे देखि आएर हाेटेलमा बसेकाे हुँ सबै प्रतिनिधिले त नगद दिएनन तर ७० हजार हात पर्याे यसपालिकाे दशैँ टर्याे । ‘ दुइ दिन पहिलेदेखि जिल्ला बसेकाे भए अझै आम्दानी हुने थियाे भन्ने लागेकाे उनले बताए । पार्टी नेतालाइ भाेट हाल्दा आफूले जीवनमा पहिलाे पटक यसरी आम्दानी गर्न सफल भएकाे उनले बताए ।

NO COMMENTS