काँग्रेसकाे मतगणना स्थलमा झडपकाे स्थिति, मत पेटिका फेरिएकाे आराेप

शनिबार, असाेज १६, २०७८
0
384

गाेरखा । नेपाली काँग्रेसकाे चाैँधाैँ महाधिवेशनका लागि आज गाेरखाकाे निर्वाचन क्षेत्र नम्बर १ र २ मा भएकाे मतगणना पछिकाे मतपेटिकाे फेरीकाे भन्दै कतिपय उम्मेदवारहरुले फेरी निर्वाचन गर्नुपर्ने बताएका छन् । मतदान स्थलमा उम्मेदवारहरु वीच ने झडपकाे स्थिति बनेकाे छ ।  महाधिवेशन प्रतिनिधिका उम्मेदवार मध्ये कतिपयकाे मत कम आएपछि उनीहरु अाक्राेशित हुँदै मत गणना राेक्न माग गरेका छन् ।

डलरले मत खरिद गरेकाे भन्दै काँग्रेस भित्र विचारकाे राजनीति सक्न खाेजेकाे उनीहरुले बताएका छन् । एउटा मतदाताका लागि नगद १० हजारका दरले डलरमणीहरुले वितरण गरेर हामी पार्टिमा लागेर दार्ही कपाल फुल्दा समेत महाधिवेशन प्रतिनिधिका लागि जित्ने छाँट नदेखिएकाे भन्दै दुख व्यक्त गरेका छन्  । एक उम्मेदवारले भने बाक्सा फेरिएकाे छ काउन्टीङ तुरुन्त राेक्नुपर्छ ।

विचारकाे लडाडमा रहेकाे काँग्रेसका नेता कार्यकर्ताहरु पाखुराकाे लडाइमा पनि उत्रने भयले मत गणना स्थलमा जनपथ र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here