गाेरखा । नेपाली काँग्रेस गाेरखाकाे १४ अाैँ महाधिवेशनका लागि गाेरखाका तीनवटा स्थानीय तहका प्रमुखहरु महाधिवेशन प्रतिनिधिमा प्रत्यक्ष तर्फबाट निर्वाचित भएका छन् । यसले पार्टी र सत्ता एक अर्काका परिपूरक भएकाे सङ्केत प्रदान गरेकाे छ । सत्तामा नरहेका तर पार्टीका लागि याेगदान गरेका कतिपयले आवश्यक मत प्राप्त गर्न नसक्ने महाधिवेशन प्रतिनिधिका लागि फेरि अर्काे पटक प्रयास गर्नु पर्ने भएकाे छ ।
काे काे हुन महाधिवेशन प्रतिनिधिमा निर्वाचित स्थानीय तहका प्रमुखहरु ?
(१) राजनराज पन्त, गाेरखा नगरपालिका । महाधिवेशनमा प्राप्त मत सङ्ख्या ६२३
(२) पूर्ण बहादुर दाहाल, आरुघाट गाउँपालिका । महाधिवेशनमा प्राप्त मत सङ्ख्या ५४७
(३) इश्वर पाण्डे, भीमसेन थापा गाउँपालिका गाेरखा । महाधिवेशनमा प्राप्त मत सङ्ख्या ४७२