काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी,नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गृहजिल्ला गोरखाको बालुवा पुगेका छन् । डा.भट्टराईले बन मन्त्रालयका सह-सचिवससमेत रहेका जडीबुटी उत्पादन तथा प्रशाेधन कम्पनी लिमिटेडका अध्यक्ष सिन्धुप्रसाद ढुंगाना र महानिर्देशक ज्ञानेश्वर कार्कीसहितलाई लिएर मंगलबार बालुवा पुगेका हुन् । गोरखा जिल्लालाई जडिबुटीकाे केन्द्र बनाउने उद्देश्यका साथ जडीबुटी उत्पादन, संकलन र प्रशोधन केन्द्रको स्थापनाका लागि स्थलगत अध्ययन भइरहेको छ ।
साथै स्थानीय जनप्रतिनिधि, बन समितिका अध्यक्षहरूसँग परामर्श र योजना अगाडि बढाउने कार्यमा सहजीकरण गर्नका लागि संवाद भइरहेको डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।