गाेरखा । शिक्षक सेवा आयाेगले प्राथमिक तहका लागि १३ हजार ९३ जना शिक्षकहरु पदपूर्तीका लागि बुधबार विज्ञापन खाेल्ने भएकाे छ । शिक्षक सेवा आयाेगका अध्यक्ष मधु प्रसाद रेग्मीका अनुसार सबै तयारी पूरा गरी प्रकाशन गर्नुपर्ने ठाउँमा पुर्याइएकाे छ , बुधबार विज्ञापन प्रकाशित हुन्छ ।






