Home Breaking News नेपालमा सबै पत्रकारहरुकाे नेतृत्व प्रेस सेन्टर नेपालले गर्छ: सँस्थापक अध्यक्ष दाहाल

नेपालमा सबै पत्रकारहरुकाे नेतृत्व प्रेस सेन्टर नेपालले गर्छ: सँस्थापक अध्यक्ष दाहाल

शनिबार, माघ १५, २०७८
0
210

गाेरखा । प्रेस सेन्टर नेपालकाे स्थापना दिवसकाे अवसरमा आज एक अन्तर्किया कार्यक्रम सम्पन्न भएकाे छ । सेन्टरका सँस्थापक अध्यक्ष महेश्वर दाहालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा दाहालले भने,’ नेपाल भएका सबै पत्रकारहरुकाे नेतृत्व प्रेस सेन्टर नेपालले गर्छ । युद्धबाट आएकाे पत्रकारिता विश्वमै अनुकरणीय रहेकाे बताए । सामान्य हिसावले क्रान्तिकारी पत्रकारकाे जन्म नभएकाे उनकाे भनाइ छ । ग्रामीण क्षेत्र सम्म पुगेर पत्रकारिता गर्ने पत्रकारहरु क्रान्तिकार पत्रकार हुन भन्दै उनले सबै पत्रकाहरुकाे नेतृत्व सेन्टरले गर्ने उनले बताए । ‘

२०६१ साल माघ १५ गते राेल्पाकाे  ईरिवाङमा क्रान्तिकारी पत्रकार सँघकाे स्थापना भएकाे थियाे । त्यस दिनलाइ उनीहरुले स्थापना दिवसकाे रुपमा मनाउँदै आएका छन् । क्रान्तिकारी पत्रकारहरु सँगठित भएसँगै नेपालमा ग्रामीण क्षेत्र र दुरदराजका खबरहरु बाहिर आउन थालेका थिए ।

सेन्टरका अध्यक्ष विष्णु प्रसाद सापकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्व अध्यक्ष गाेविन्द आचार्य, प्रदेशका अध्यक्षहरुले आफ्ना भनाइ राखेका थिए । भर्चुअव अनलाइन मार्फत भएकाे उक्त कार्यक्रममा केन्द्रिय समितिका सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्ला अध्यक्षहरुकाे सहभागिता रहेकाे थियाे ।

NO COMMENTS