सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकियाे

शनिबार, माघ १५, २०७८
0
145

काठमाडौं। सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सकिएको छ। स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको हो।

करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो।

उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए।

स्थानीय तहको निर्वाचन मात्र नभई तीन वटै तहको निर्वाचन एकैपटक गर्ने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल भईरहेको छ भने बैशाख भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको माग छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here