Home अपराध/ दुर्घटना बाेर्लाङमा एक पुरुषकाे शव भेटियाे

बाेर्लाङमा एक पुरुषकाे शव भेटियाे

आइतवार, माघ २३, २०७८
0
175

साँकेतिक तस्वीर

गोरखा  । जिल्लाकाे भीमसेन थापा गाउँपालिका–७ बोर्लाङमा  एक युवकको शव फेला परेको छ । गएको ७ दिनदेखि हराइ रहेको शहिद लखन गाउँपालिका वडा नम्बर ८ का सन्दिप परियारको शव भेटिएको हो । सामाजिक सञ्जालमा अन्दाजी ४२ बर्षका एक पुरुष मृतावस्थामा शव भेटिएको भन्ने जानकारी आएपछि उत्त शव परियारको भएको पुष्टी भएको वडाध्यक्ष काशीनाथ अम्गाईले जानकारी दिए

बारीमा उत्ताने परेको अबस्थामा शव भेटिएको स्थानीयको भनाई छ । मृतक परियार मानसिक रोगी भएको पाइएको परिवारिक स्रोतले जनाएको छ । घटनास्थलमा पुगेर प्रहरीले मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागी गोरखा अस्पताल ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

NO COMMENTS