Home Breaking News बैशाख २४ गते स्थानीय तहकाे निर्वाचन हुने, कुन पार्टीकाे हाेला गाेरखामा पल्लाभारी

बैशाख २४ गते स्थानीय तहकाे निर्वाचन हुने, कुन पार्टीकाे हाेला गाेरखामा पल्लाभारी

सोमवार, माघ २४, २०७८
0
202

 माघ २४, काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको उर्जा मन्त्रीले जानकारी दिएकी छन् ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव गर्‍यो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधि विहीन हुने कल्पना गरेको छैन ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधि विहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।

गाेरखा जिल्लामा यस अघि ९ वटा पालिकामा नेपाली काँग्रेस र दुइवटा पालिकामा नेकपा माअाेवादी केन्द्रले विजय  प्राप्त गरेकाे थियाे । आगामि स्थानीय तहकाे निर्वाचनमा एउटै पार्टीले ८० प्रतिशत पालिकामा विजय हुने सम्भावना नरहेकाे स्थानीय जानकारहरुले बताएका छन् ।

NO COMMENTS