काठमाण्डौं । गायक कृष्ण बि.क. को “हजुर मुसुक्कै” गित सार्वजनिक भएको छ । गायक बि.क.लाई गायिका रचना रिमालले स्वरमा साथ दिएकी छिन् । गितमा सुरेश अधिकारीको शव्द र संगित रहेको छ ।
नेपाल बाइसे–चौबिसे राज्य हुँदा पश्चिमको एक राज्यमा राजाले गर्ने प्रेमको कथामा यो भिडियो तयार पारिएको छ । गितमा राजेश हमाल र निरुता सिंहले १२ वर्षपछि एकसाथ अभिनय गरेका छन् । साथै प्रिन्स विश्वकर्मा र प्रियना आचार्य (मुन्नी)ले समेत अभिनय गरेका छन । भिडियोलाई जि.बि आग्रीले निर्देशन गरेका छन् ।
(भिडियो हेर्नुहोस्)