गाेरखा । जिल्लाकाे शहीद लखन गाउँपालिकामा साेमबार नेपालका प्रथम शहीद लखन थापा मगरेकाे १४५ औँ स्मृति दिवसको अवसरमा सार्वजनिक विदा प्रदान गरेकाे छ । गोरखाको शहिदलखन गाउँपालिकाले सोमबार स्थानीय बिदा दिएको छ ।
पारिवारीक राणा शासनका बिरुद्ध आवाज उठाएकै कारण विसं १९३३ फागुन २ गते लखन थापा मगरलाई शहिदलखन गाउँपालिका बुङकोट ७ काहुलेभंगारमा रुखमा झुण्डाएर हत्या भएकाे थियाे । फागुन ६ गते बसेको गाउँकार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले बताए ।

शहीद लखन स्मृति दिवसको अवसरमा बुँकाेट स्थित काहुलेभंगारमा कार्यक्रमकाे आयोजना गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । । शहीद लखन गाउँपालिकाले शहीद लखन थापाको शालिक, शहीद लखनपार्क समेत निर्माण गरेकाे छ । एेतिहासीक पर्यटकीय दृश्टिकाेणले महत्वपूर्ण रहेकाे यस क्षेत्रमा विभिन्न स्थानबाट पर्यटकहरु आउने गर्दछन् ।






