११ दिन पछि दुइ बालक बारपाकमा मृत भेटिए

आइतवार, फाल्गुन १, २०७८
0
139

फागुन १, गोरखा । विगत एघार  दिनदेखि हराइरहेका  वारपाकका दुई किशोर मृत भेटिएका छन् । प्रहरी चौकी बारपाक र स्थानीय बासिन्दाले खोजी गर्दा उनीहरु दुबै मृत भेटिएका हुन् ।

दुवै जनाकाे शव वारपाक सुलिकोट वडा नम्वर १ को लिफ्रया भन्ने ठाऊँमा फेला परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।  उनीहरुको शव वारपाक गाऊतर्फ ल्याइएकाे छ ।  बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकका १६ वर्षका करण घले र साइँला घले माघ २० गतेदेखि सम्पर्कबिहिन भएका थिए । उनीहरु हिऊँ खेल्न भन्दै गाऊँबाट लाप्राक गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here