फागुन १, गाेरखा । जिल्लाकाे धार्चे गाउँपालिका केन्द्र माछाखाेलाबाट आजदेखि यात्रुवाहक वस सेवा सञ्चालनमा आएकाे छ । नेपाली सेनालेले खनेकाेकाे सडक ट्रयाकमा सेनासँग अनुमति लिएर गाउँपालिका र दराैँदी यातायात कम्पनी प्रालिले बस सेवा सञ्चालन गर्न सहमित गरेसँगै आजदेखि बस सेवा सञ्चालनमा आएकाे हाे ।
माछाखाेलादेखि साेती सम्मका लागि नीजि जीपहरुले चारसय देखि एक हजार सम्म भाडा लिदै आएका थिए । बस सेवा सञ्चालन भएसँगै एक सय पचास रुपैयाँमा साेती पुग्न सकिने दराैँदी यातायात कम्पनीका अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।








