गाेरखा । जिल्ला अस्पताल गाेरखामा विरामीहरुका लागि विशेषज्ञ सेवा सुचारु भएकाे छ । नयाँ बनेकाे भवनबाट सेवा प्रदान गरेकाे गाेरखा अस्पतालबाट विभिन्न राेगका लागि विस्तारीत स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेकाे छ । यसबाट विरामीहरुले विशेषज्ञ सेवा लिन पाउनेछन् ।
अस्पतालमा आएका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हरी कुमार श्रेष्ठले मँगलबार पत्रकार सम्मेलन गरी अस्पतालले प्रदान गरिरहेकाे सेवाका बारेमा जानकारी दिएका थिए ।
२०२९ सालमा स्थापना भएकाे गाेरखा जिल्ला अस्पताल २०६९ सम्म २५ शैया र त्यसपछि ५० शैयाकाे क्षमतामा सेवा प्रदान गर्दै आइरहेकाे छ ।
अस्पतालमा माघ महिनामा ४३ जना विरामीकाे अप्रेशन भएकाे थियाे । यस अघि अप्रेशन गर्ने विरामीकाे सँख्या न्यून सँख्यामा रहकाे डाक्टरले जानकारी दिएका छन् । अस्पतालमा भएका उपकरण र जनशक्ति प्रयाेग गरेर विरामीहरुलाइ गाेरखामा विशेषज्ञ सेवा प्रदान सुरु गरिएकाे डाक्टर श्रेष्ठलेले जानकारी दिए ।
माथिल्लाे निकायबाट गर्नुपर्ने कामका लागि मन्त्रालयमा जानकारी गराइएकाे उनले बताए । नियमित समय बाहेक पछिल्लाे समयमा आउने विरामीहरुका लागि अस्पतालले सामान्य शुल्क लिएर उपचार गर्न सुरुवात समेत गरेकाे छ । अस्पतालले दिएकाे याे सुविधाका कारण धेरै खर्च गरेर बाहिर जिल्लामा उपचारका लागि जानुपर्ने बाध्यता समेत हटेकाे छ ।
जिल्ला अस्पतालमा रहेका डाक्टरहरुले नीजि मेडिकलमा गएर विरामी जाँच गर्ने छैनन् । विरामीहरुले अस्पताल भित्रै उपचार सुविधा पाउनेछन् डाक्टर श्रेष्ठले भने । नागरिकहरुले सहजै उपचार पाउन भनेर स्वास्थ्य नियम र एेन अनुसार काम गरिएकाे गाेरखा अस्पतालका सूचना अधिकारी कृष्ण प्रसाद ढकालले जानकारी दिए ।
गाेरखा अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गुणराज लाेहनीकाे कार्यकालमा समेत अस्पतालले विशेषज्ञ सेवाकाे थालनी गरेकाे थियाे । सार्वजनिक विदाकाे दिनबाहेक अन्य दिन ३ बजेदेखि ५ बजेसम्म गाेरखा अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिन्छ । अस्पतालले दिने नियमित सेवा यथावत रहेकाे छ । गाेरखा जिल्ला अस्पतालमा भएका वरिष्ठ डाक्टरहरुबाट उपचार हुन थालेपछि अस्पतालमा आउने विरामीहरुले सहज महसुस गर्न थालेका छन् ।
गाेरखा जिल्ला अस्पतालले दिने सेवामा अझै गुणस्तर वृद्धि गर्दै जाने अस्पताल विकास समितिका अध्यक्ष बुद्धी प्रसाद दवाडीले बताए । सुविधा सम्पन्न भवनकाे निर्माण लुम्विनि विल्डर्सले गरेकाे थियाे ।