गाेरखा । नेपाल कम्युनिष्ट पार्टीका बन्दकर्ताहरुले आज गाेरखा सदरमुकामकाे व्यस्त रहने चाेकमा जेब्राक्रसकाे निर्माण गरेका छन् । बन्दकर्ताले बन्दको समयमा गाडि नगुडेकाे र चाेकमा जेब्राक्रसकाे आवश्यकता देखिपछि रङ जुटाएर ट्राफिक प्रहरीकाे सहयाेगमा जेब्राक्रस निर्माण गरेका हुन् ।
विप्वल नेतृत्वको नेकपाले बजारका दुई वटा चोक प्रशासन चाेक र शहिदचाेकमा जेब्राक्रस निर्माण गरेका छन् ।
जेब्राक्रससँगै उनीहरुले गाे व्याक एमसिसि अँग्रेजी शब्द सडकमा लेखेका छन् । देशैभरी एमसिसिकाे विराेध भइरहेकाे छ । प्रधानमन्त्री सहित सरकार र सँसदहरु एमसिसि पास गर्ने पक्षमा रहेका छन् । आज नेकपा सहितका पाँच राजनैतिक पार्टीले एमसिसिकाे विराेधमा नेपाल बन्दकाे घाेषणा गरेका थिए ।






