गाेरखा । बेवारिसे अवस्थामा रहेकी गीता चौधरी आफ्नो नाम बताउने ,अन्दाजी ३६ बर्षिय एक महिलालाई गो.न.पा-८ कट्टेल डाडाबाट मानवसेवा आश्रम गोरखा शाखाले उद्वार गरि नजिकैको शाखा कार्यलय चितवनमा पठाएकाे छ ।
एउटा आँखा पुरै फुटेको ,आफ्नो पूरा ठेगाना खुलाउन नसक्ने अवस्थामा महिलाको उद्वार भएकाे हाे ।
निजको एउटा आँखा पुरै फुटेको , हात र खुट्टा आगोले जलेको अवस्थामा रहेकी महिला सडकपेटीमा कष्टकर जीवनयापन बिताइरहेको स्थानीयले खबर गरे पछि गाेरखा नगरपालिका वडा नम्बर ८ स्थित कट्टेलडाँडा क्षेत्रबाट महिलाकाे उद्वार गरिएको मानवसेवा आश्रम गाेरखा प्रमुख मुना लामाले जानकारी दिएकी छन् ।