आँवुखैरेनी तनहुँ । जिल्लाकाे आँवुखैरेनी गाउँपालिका स्थित छिम्केश्वरी मन्दिर पुग्ने १८ किलाेमिटर सडक खण्डकाे काम ६५ प्रतिशत पूरा भएकाे निर्माणकाे जिम्मा लिएकाे काष्ठमण्डप कन्स्ट्रक्सन प्रालिले जनाएकाे छ ।
प्रा लिका फिल्ड इञ्चार्ज शिव रिजालका अनुसार अहिले नाला, वाल र साडड कटिङकाे सबै काम सकेर सडकमा राेलर लगाउने काम भइरहेकाे छ । प्राविधिक तयारी सकिए लगतै ग्राभेल गरी कालेपत्रे गर्ने गरी काम भइरहेकाे छ । काेरानाका कारण राेकिएकाे काम द्रुत गतिमा अघि बढाएका छाैँ, उनले भने । वर्षात अघि कालाेपत्रे सक्ने तयारी छ । माथिदेखि तल सम्म कामदार परिचालन गरी काम गरिरहेकाे उनले बताए ।
गाउँपालिका देखि आँवुगाउँ, अदुवाखर्च,धारापानी,भाँगे,अक्लाङ हुँदै उक्त सडक छिम्केश्वरी पुग्दछ । छिम्केश्वरीबाट हिलेखर्क हुँदै सडक बन्दिपुर सम्म जाेडिएकाे छ । हाल छिम्केश्वरी सम्मकाे १८ किलाेमिटर सडक कालाेपत्रे हुन लागेकाे हाे । सडकमा ग्राभेलकाे तयारी भइरहेकाे रीजालले बताए । सडक कालाेपत्रे भएपछि छिम्केश्वरी मन्दिरकाे दर्शनका लागि जाने आउने भक्तजनहरुका लागि सहज हुनेछ । सडक साँघुराे र कच्ची हुँदा छिम्केश्वरीमा पर्यटकहरुकाे आवागमन बाक्लाे हुन सकेकाे थिएन् ।
नेपालकाे मध्ये भागमा रहेकाे यस क्षेत्रमा विकासकाे सुरुवात सँघियता पछि मात्रै शुरु भएकाे त्यस क्षेत्रका नागरिकहरु बताउँछन् । छिम्केश्वरीमा पक्की माेटरबाटाे पुर्याउन पूर्व मन्त्री एवँ गण्डकी प्रदेशका साँसद हरी बहादुर चुमानले निर्वाचनका समयमा बचन दिएकाे स्थानीय गाउँलेहरुकाे भनाइ छ ।
मध्ये नेपालकाे माैसममा परिवर्तन ल्याउने केन्द्रकाे रुपमा रहेकाे छिम्केश्वरी समुन्द्री सतहबाट २१३४ मिटर उचाइमा पर्दछ । वाह्रै महिनाका लागि पर्यटकहरुकाे राेजाइमा पर्ने यस क्षेत्रमा पाहुनाहरुकाे व्यवस्थापनका लागि घरवास कार्यक्रम सञ्चालनमा रहकाे छ । यस वर्ष छिम्केश्वरीमा बाक्लाे हिमपात समेत भएकाे थियाे ।