पत्रकार सुदिप कैनी शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बिहिबार, फाल्गुन ५, २०७८
0
196
पत्रकार सुदिप कैनीलाइ सम्मान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल ।

फागुन ५, गोरखा ।  जिल्ला घर भइ कान्तिपुरका लागि काठमाण्डाैबाट समाचार लेख्दै आएका पत्रकार सुदीप कैनी ‘शिक्षा पत्रकारिता पुरस्कार-२०७८’ बाट पुरस्कृत भएका छन्  । शिक्षा पत्रकार समूहकाे २२ औं स्थापना दिवस तथा ११ औं अधिवेशनको अवसरमा आज कैनी पुरस्कृत भएका हुन् ।

पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको सुधारमा योगदान गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उनलाइ नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरेका छन् । समूहले दुई/दुई वर्षमा तीर्थराज भुसाल स्मृति शिक्षा पत्रकारिता पुरस्कार वितरण गर्ने गर्छ ।

गोरखामा स्थानीय पत्रपत्रिकाका साथै राष्ट्रिय दैनिक पत्रिकामा दर्जन वर्ष काम गरेका कैनी हाल कान्तिपुर दैनिकका लागि शिक्षा क्षेत्रकाे समाचार लेख्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here