Home Breaking News शनिबार र आइतबार सार्वजनिक विदा दिन मन्त्री परिषदमा प्रस्ताव लैजान अर्थमन्त्री सहमत

शनिबार र आइतबार सार्वजनिक विदा दिन मन्त्री परिषदमा प्रस्ताव लैजान अर्थमन्त्री सहमत

बुधबार, चैत्र २३, २०७८
0
143

काठमाडौं । २०७९ सालदेखि सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गर्न अर्थमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने भएकाे छ । आइतबार जनार्दन शर्माले बोलाएको बैठकमा २०७९ सालदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा सहमति जुटेका हो ।

अर्थमन्त्री शर्माले बोलाएको बैठकमा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ तथा योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल,राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहभागी थिए । छलफलमा अर्थ मन्त्रालयका सचिवहरु मधु मरासिनी तथा राजस्व सचिव कृष्णहरि पुस्कर थिए । वाणिज्य मन्त्रालयका सचिव गणेश पाण्डे थिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रितेश शाक्य र भन्सार विभाग कमल भट्टराई सहभागी थिए । बैठकमा वाणिज्य मन्त्रालयका सचिव पाण्डेले शनिबार र आइतबार बिदा दिनुपर्ने प्रस्ताव गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य निकै बढेको र दिन सार्वजनिक बिदा दिएमा पेट्रोलियम पदार्थको खपत घट्ने प्रस्ताव गरेका थिए ।

अर्थमन्त्रीले बोलाएको उच्च स्तरीय बैठकमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने विषयमा सहमति भएको र यसलाई अर्थमन्त्री शर्माले मन्त्रिपरिषद्मा लग्ने सहमति भएको छ । ‘प्रधानमन्त्री सहमति भएमा २०७९ सालदेखि सातामा दुईदिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा आउने छ,’बैठकमा सहभागी एक अधिकारीले भने ।

बैठकमा प्रधानमन्त्री देउवा निकट भनिएका राज्यमन्त्री श्रेष्ठ र उपाध्यक्ष पौडेल समेत दुईदिन बिदामा सकारात्मक देखिएका हुँदा यो निर्णय कार्यान्वयनमा आउने सम्भावना बलियो छ । सुरुमा ३ महिना परिक्षण गरेर हेर्ने यसले सार्वजनिक सेवामा समस्या नआएमा र पेट्रोलियम पदार्थको खपत घटेको देखिएमा निर्णय लागू हुने बैठकका सहभागीले जानकारी दिए ।

‘विदेशी मुद्राको सञ्चिती जोगाउन ३ महिनालाई निर्णय परिक्षण गरेर हेनुपर्नेमा सबै सहभागीको सहमति रह्यो,प्रधानमन्त्री सहमत भएमा निर्णय कार्यान्वयन हुन्छ,’बैठकका एक सहभागीले भने । विगतमा काठमाडौं उपत्यकामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भने कार्यान्वयन भएको थियो । दुईदिन सार्वजनिक बिदा दिएमा कार्यालय समय भने ९ बजेदेखि सुरु हुने छ ।

याे प्रस्तावमा प्रधानमन्त्री सहमत हुनुपर्दछ । सरकारकाे विदा दिने तयारीलाइ देशकाे अर्थतन्त्री खराव सूचाङ्कमा पुगेकाे आकलन गर्न सकिन्छ ।

NO COMMENTS