Home Breaking News नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शहिदलखन १ मा अध्यक्षका दावेदार आले सहित...

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शहिदलखन १ मा अध्यक्षका दावेदार आले सहित ६ जना

शनिबार, चैत्र २६, २०७८
0
217

वडा पार्टी बैठकलाइ सम्बाेधन गर्दै प्रदेश सदस्य कृष्ण प्रजा । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । जिल्लामा चुनावी चहलपहल बढीरहेका बेला उम्मेदवारका टुङ्गाे लगाउन शुक्रबार शहीदलखन १ मा बसेकाे बैठकमा नेकपा माओवादी केन्द्रका ६ जनाले अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।

अध्यक्षमा उम्मेदवारी दिने इच्छा व्यक्त गर्नेहरुमा पार्टी अध्यक्ष भीम बहादुर आले, उपाध्यक्ष टाेप बहादुर अर्याल, वडा सदस्य दुर्गा गुरुङ, वाइसियलका शहीदलखन अध्यक्ष काजी गुरुङ, गाउँपालिका सदस्य सञ्जीव थापा मगर, वडा सचिव बैकुण्ठ अर्याल रहेका छन् । लामाे समयदेखि पार्टिमा याेगदान गरेका कारण आफुहरुले अध्यक्षका लागि उम्मेदवार दिन पाउनुपर्ने बताएका हुन् ।

यसै गरी सदस्यहरुमा मान बहादुर आले, आनन्द आले, प्रेम बहादुर आले, रिता बयलकाेटी, सन्दिपा परियार, वीलमाया गुरुङ, विष्णुमाया श्रेष्ठ, विरेन्द्र थापा, हिरामाया थापाले इच्छा जाहेर गरेका छन् ।

शुक्रबाट वडामा भएकाे कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेश समिति सदस्य कृष्ण प्रजा, गाउँपालिका सदस्य अरुण थापा, सञ्जिव थापा, सल्लाहाकार धन बहादुर अर्याल लगायतले प्रशिक्षण प्रदान गरेका थिए ।

 

NO COMMENTS