Home समाचार गाेरखा नगरपालिका वडा नम्बर १२ काे भवन उद्घाटन

गाेरखा नगरपालिका वडा नम्बर १२ काे भवन उद्घाटन

आइतवार, चैत्र २७, २०७८
0
187

गोरखा ।  नगरपालिका स्थित वडा नं १२ वडा कार्यालय भवन उद्घाटन भएकाे छ । गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले  वडा कार्यालय भवन उद्घाटन गरेका हुन् ।

नयाँ भवनबाट वडा कार्यालय सञ्चालनमा सहज भएकाे वडा अध्यक्ष दिल बहादुर थापाले बताए । जिल्ला समन्वय समितिको मौज्दात कोषमा रहेको ६० लाख र गोरखा नगरपालिकाको लागत साझेदारी गरी करिब एक करोडको लागतमा भवन निर्माण भएको थियाे । भवन निर्माणको क्रममा सहयोग पुर्याउने निर्माण समितिका पदाधिकारी सहित जेष्ठ नागरिक स्थानीयहरुलाई मेयर पन्तले दोसल्ला ओढार सम्मान गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त, वडा नं ४ का वडा अध्यक्ष खोप बहादुर अधिकारी, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञान प्रसाद ढकाल, पत्रकारहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।

NO COMMENTS