Home अपराध/ दुर्घटना चट्याङमा परि एक जनाकाे मृत्यु

चट्याङमा परि एक जनाकाे मृत्यु

बुधबार, असार १५, २०७९
0
160

बागलुङ, १५ असार । बागलुङमा गए राति चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

पुन आफ्नै घरको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएका थिए । उनकाे उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले बताए ।

यस्तै अविरल वर्षाका कारण आएको पहिराले गए राति गलकोट नगरपालिका–११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

NO COMMENTS