Home Breaking News घ्याम्पेसालदेखि पाल्खु सम्म सडक कालाेपत्रे गर्ने सहमति

घ्याम्पेसालदेखि पाल्खु सम्म सडक कालाेपत्रे गर्ने सहमति

शुक्रबार, मंसिर १६, २०७९
0
266
गाेरखा ।  बारपाक सुलिकोट अग्रभागमा घ्याम्पेसाल ताकुकोट सडक खण्ड मा पर्ने कालोपत्रे पिच को ठेक्का पाएको जे भि लामा कन्स्ट्रक्सन कम्पनि ले गर्दै आएको निर्माण कार्य विगत केही महिना देखि रोकिएको र घ्यम्पेसाल देखि पाल्खु गाउँ पालीका कार्यलय सम्मकाे कालाेपत्रे बैशाख २१ गते भित्र सक्ने सहमति भएकाे छ ।

आज बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष,बिष्णु भट्ट, उपाध्यक्ष,सनमाया गुरङ्ग र वडा अध्यक्ष हरू जनप्रतिनिधि हरू सहित, सडक डिविजन कार्यलय गोरखाका कार्यलय प्रमुखज्यहरु र निर्माण कम्पनी जे भि लामा कन्स्ट्रक्सन कम्पनि प्रा लि वीच लिखित सम्झौता भइ मिती २०७९/०८/१७ गते  देखि २०८०/ ०१/२१ अर्थात बैशाख २१ गते भित्र मा कालो पत्रेको काम सक्ने भनि लिखित निर्णय भएकाे गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारि दिए ।
पालिकाले ढिला काम गर्ने ठेकदार सडक डिभिजन गोरखाको प्रमुखलाई गाउँपालिकामा उपस्थित गराई काम चाडै सक्न अल्टिमेटम दिएको  हाे । नागरिकहरुलाइ चरम सास्ती हुँदा समेत सडक डिभिजन कार्यालय र निर्माण कम्पनी माैन बस्दै आएका थिए । यस क्षेत्रबाट भर्खरै मात्र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएका छन् ।

 

 

 

 

 

NO COMMENTS