Home Breaking News गाेरखामा फेला परेकाे टल्कने ढुङ्गाे क्वार्ज क्रिस्टल, विभागमा बुझाउन विज्ञ टाेलीकाे सुझाव

गाेरखामा फेला परेकाे टल्कने ढुङ्गाे क्वार्ज क्रिस्टल, विभागमा बुझाउन विज्ञ टाेलीकाे सुझाव

बुधबार, साउन २४, २०८०
0
123

गाेरखा । गोरखा नगरपालिका ७ सतिपिपलका राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको टल्कने ढुंगा जेम्सस्तरको क्वार्ज क्रिष्टल भएको खानी तथा भूगर्भ विभागलेका  कर्मचारीहरुले पुष्टि गरेका छन् ।

विभागका भूगर्भविद्को टोलीले दुइदिन लगाएर नमूना परीक्षण गरेसँगै सो ढुंगा क्वार्ज क्रिस्टल नै भएको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

टोलीले गरेको परीक्षण प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई बुझाएको छ । बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र एसपी अनुपम श्रेष्ठलाई नमूना परीक्षणपछिको प्रतिवेदन बुझाएका हुन् ।

भूगर्भविद् डाक्टर सुस्मिता भण्डारीले उक्त ढुंगा महत्वपूर्ण र बहुमुल्य रत्नपत्थर भएको बताइन् । भूगर्भविद्को टोलीले ढुंगाको नापतौल लिनुका साथै यसको अन्य विभिन्न प्राविधिक पक्षबारे पनि परीक्षण गरेको थियो । संसारभरका धातुलाई कडापनका आधारमा १० समूहमा वर्गीकरण गर्ने गरिएको बताउँदै भूगर्भविद डाक्टर भण्डारीले उक्त कडापनका आधारमा उक्त चट्टान ७ औं नम्वरमा रहेको जानकारी दिए । कडापनका आधारमा हिरा १० औं नम्वरमा पर्ने उनको भनाइ छ ।

५२ किलो ३ सय ३० ग्राम तौलको एउटै चट्टान फेला पर्नु दुर्लभ भएकाे उनकाे भनाइ छ ।

क्वार्ज क्रिष्टल मुख्य रुपमा गरगहना बनाउन, सजावटका सामग्री बनाउन प्रयोग हुने गरेको विभागको टोलीले बताएको छ । घडी, कम्प्युटर, रेडियो ट्रान्समिटर जस्ता विद्युतीय उपकरणहरुमा पनि आंशिक रुपमा क्वार्ज क्रिष्टलको प्रयोग हुने गरेको भूगर्भविद् भण्डारीकाे भनाइ छ ।

अध्ययन टोलीले जिल्ला प्रशासन कार्यालयलाई बुझाएको पत्रमा उक्त ढुंगा खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउन पनि भनिएको छ । खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा २५ को उपदफा १ अनुसार खनिज कार्य गर्ने अनुमति नलिई उत्खनन् तथा संकलन गरिएकाले उक्त पत्थर विभागलाई उपलब्ध गराई सहयोग गर्न पत्रमा उल्लेख गरिएको छ ।

NO COMMENTS