भदाै, ८ गाेरखा । जिल्लाकाे त्रिशुली नदी तर्फ आज एक महिला मृत्त फेला परेकी छिन् । गण्डकी गाउँपालिका–८ को बर्खेघाट स्थित त्रिशुली नदीमा वेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७५ वर्षीया महिलाको शुक्रबार मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
मृत्तक महिलाको शव गोरखा अस्पतालको शव गृहमा राखिएको छ । शव फेला परेको महिलाको बारेमा प्रहरीको सबै युनिटमा खबर गरिएको पनि प्रहरी कार्यालयले जानकारी दिएको छ ।