Home Breaking News एमाले नेता तमु नेतृत्वमा सुतिरहेका युवा व्यावसायि माथि साँघातिक आक्रमण

एमाले नेता तमु नेतृत्वमा सुतिरहेका युवा व्यावसायि माथि साँघातिक आक्रमण

शनिबार, असाेज ६, २०८०
0
539

गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका वडा नम्बर १ छापथाेक स्थित आफ्नाे घरमा सुतिरहेकाे अवस्थामा बाहिरबाट बाेलाइ एमाले नेता दिनेश तमुकाे नेतृत्वमा १४ वटा माेटरसाइकलमा गएकाे २२ जनाकाे समूहले युवा व्यावसायी रमन भट्टलाइ कुटपिट गरेकाे छ ।

एघारकिलो, छेपेटार, भालुस्वाँरा, बारपाक सडक योजना कार्यालयले आव्हान गरेको नौ वटा प्याकेजको ठेक्काको दर्ता गर्ने बिहिबार अन्तिम मितिमा उनले ठेक्का दर्ता गरेकाे भन्दै निर्माण व्यावसायी समेत रहेका तमुकाे नेतृत्वमा गएकाे समूहले भट्टलाइ हेलमेट प्रयाेग गरी कुटपिट गरेकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटना विहिबार राती ७ बजेकाे हाे । भट्टलाइ कुटपिट हुनथाले पछि गाउँलेहरु जम्मा भएसँगै युवाहरु भागेका थिए ।

मिलिमताेमा ठेक्का लिने र काम नगर्ने परिपार्टी गाेरखामा लामाे समयदेखि चलिरहेकाे छ । मिलिमताेमा सहयाेग नगरेकाे भन्दै निर्माण व्यावासायीका जिम्मेवार अधिकारीहरुले सुतेकै ठाउँमा साँघातिक आक्रमण गरेका हुन् ।

याेजना कार्यालयका अनुसार ठेक्का नं. १ मा ४ वटा फर्म दर्ता भएका थिए । ठेक्का नं. २ मा ९ वटा, ठेक्का नं. ३ मा चार वटा, ४ मा ५ वटा फर्म दर्ता भएका थिए । त्यस्तै, ठेक्का नं. ५ मा १३ वटा, ६ मा ४ वटा, ७ मा ६ वटा, ८ मा एउटा र ठेक्का नं. ९ मा सातवटा फर्म दर्ता भएका थिए ।

भट्टले ठेक्का नंबर ७ अन्तर्गत कयपानी, ताराखसे, सिमलफेद सडक स्तरोन्नतिको र ठेक्का ५ अन्तर्गत कोखेभञ्ज्याङ, सिख्रे्र, खानचोक, कोयपानी, आहालभञ्ज्याङ, खानचोकभञ्ज्याङ, कयभञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्कामा फर्म दर्ता गरेका थिए ।

व्यावासयी कुटपिटका कमाण्ड नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य दिनेश तमुलाइ यस बारेमा थप जानकारी लिन 9813108466 नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

मिलिमताेमा ठेक्का परेकाे माछीखाेला जाने बाटाेमा पर्ने छेपारे खाेलापुल विगत ११ वर्षदेखि निर्माण भइरहेकाे छ ।

घटनाकाे बारेमा जानकारी गराएर प्रहरीमा उजुरी दिने तयारी भट्टले गरेका छन् । प्रहरीले उजुरी दर्ता गर्छ की ठेक्का मिलिमताेलाइ सँरक्षण गर्छ भन्ने विषय यतिबेला टड्काराे भएर आएकाे छ ।

 

NO COMMENTS