महेन्द्र लिला मावि हर्मीले मनायाे ६२ औँ वार्षिकाेत्सव

सोमवार, कार्तिक २६, २०८१
0
77

धनबहादुर तामाङ
२६ कात्तिक,गाेरखा । गोरखाको सिरानचोक गाउँपालिका–३ हर्मीस्थित महेन्द्र लिला माध्यामिक विद्यालयले आफ्नो ६२ औँ बार्षिकाेत्सव सम्पन्न गरेकाे छ ।

बार्षिकाेत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले गाउँपालिकाले शिक्षा क्षेत्रको सुधारका लागि उल्लेखनीय प्रयास गर्दै आएको बताउनुभयो । महेन्द्र लिला मा.विमा विद्यालय घेराबार, शौचालय तथा खानेपानीको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे । विद्यालयका लागि आवश्यक आठकोठे भवनसमेत आफ्नै पालामा निर्माण गर्ने  बताउनुभयाे ।

विद्यालयकाे शैक्षिक सुधारका लागि स्थानीय सरकार, शिक्षक र विद्यालयले जस्तै अभिभावकले पनि आफ्ना बालबालिकाहरुको विशेष ख्याल गर्न सुझाव दिनुभयो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटाले पालिकाले शैक्षिक सुधारका लागि शिक्षा नीति बनाइसकेको भन्दै आवश्यक कानुनहरु पनि बनाउँदै जाने बताउनुभयाे ।

सरकारले धेरै लगानी सामुदायिक बिध्यालयमा गरेको भएपनि विद्यार्थी र अभिभावकको आकर्षण भने नीजि विद्यालयमा रहेकाले सामुदायिक विद्यालयमा कसरी आर्कषण बढाउन सकिन्छ भन्नेतर्फ ध्यान दिइरहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश ढकालको अध्यक्षतामा सम्पन्न भएको बार्षिकाेत्सव कार्यक्रममा विद्यालयका प्रधानध्यापक अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

बार्षिकाेत्सव  तथा अभिभावक दिवसकाे अवसर पारेर सोमबार विद्यालयका दुई जना उत्कृष्ठ शिक्षकलाई सम्मान गरिएकाे छ । गतबर्षको एसइई परीक्षामा उत्कृष्ठ अङक प्राप्त गर्न सफल बिषय शिक्षकको आधारमा उत्कृष्ट अध्यापन गराउने शिक्षिका सर्मिला खत्री (जि.सी) र शिक्षक तोयानाथ देबकोटालाई विद्यालयले सम्मान गरेको प्रधानध्यापक रामप्रसाद अधिकारिले जानकारी दिनुभयाे ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here