शिक्षा

गृह मन्त्रीकै निर्वाचन क्षेत्र सहिद लखनमा बाढीको भीषण क्षति: सङ्कटग्रस्त घोषणा नहुँदा विस्थापित नागरिक राहतबाट वञ्चित

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा कटानका कारण गोरखाका पालिकाहरूमध्ये सबैभन्दा बढी क्षति सहिद लखन गाउँपालिकामा पुगेको छ। बाढीले पालिकाभरका सडक, पुल, खानेपानी, बस्ती तथा हजारौँ रोपनी कृषि योग्य जमिनमा ठूलो क्षति पुर्‍याएको छ भने ७ जना नागरिक अझै सम्पर्कविहीन छन्। सो क्षेत्र स्वयम् गृह मन्त्रीको निर्वाचन क्षेत्र समेत हो। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसपश्चात् विस्थापितहरूले छिट्टै राहत तथा पुनर्स्थापनाको महसुस गर्ने आशा राखेका थिए। तर, गृह मन्त्रालयले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दा सबैभन्दा धेरै क्षति व्यहोरेको सहिद… पुरा पढौ

उत्तरी गोरखाकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुमचेतकी एक गर्भवती महिलालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ। चार दिनदेखि उच्च ज्वरो आउने, घाँटी तथा टाउको दुख्ने, शरीर सुन्निने र वान्ता हुने समस्या देखिएपछि २३ वर्षीया एलिसा लामाको उद्धार गरिएको हो। लामा पाँच महिनाकी गर्भवतीसमेत रहेकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी काठमाडौं पठाइएको चुमचेत स्वास्थ्यचौकीका अहेव खुमबहादुर मल्लले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत लामालाई काठमाडौं लगिएको हो। स्वास्थ्यचौकीका अहेव मल्लले राष्ट्रपति महिला उत्थान कार्यक्रम… पुरा पढौ

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उद्यमी बनाउन पालुङटारको पहल, उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गोरखा, १६ असार । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप, अनुभव, ज्ञान र पूँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्दै स्वदेशमै उद्यमशीलताको वातावरण निर्माण गर्ने उद्देश्यका साथ पालुङटार नगरपालिकाले आयोजना गरेको एकदिने उद्यमशीलता तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई विदेशमा आर्जन गरेको सीप, अनुभव तथा बचतलाई स्थानीय स्तरमै उत्पादनमूलक क्षेत्रमा लगानी गरी स्वरोजगार बन्न प्रेरित गरिएको थियो। नगरपालिकाले युवालाई विदेशमा सिकेको सीप र कमाएको पूँजीलाई सही ढंगले परिचालन… पुरा पढौ

पालुङटार–टोखाबीच भगिनी सम्बन्ध स्थापना : पर्यटन, कृषि, बजार प्रवद्र्धन र विकास साझेदारीमा सहकार्य गर्ने सहमति

गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच आपसी मित्रता, अनुभव आदान–प्रदान तथा दिगो विकासलाई संस्थागत गर्ने उद्देश्यसहित ‘भगिनी सम्बन्ध (Sister City Relationship) औपचारिक रूपमा स्थापना गरिएको छ । (more…) पुरा पढौ

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

 १४ असार, गाेरखा  ।  राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानचाेकमा भएको इतिहासविद् तथा संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले बताउनुभएको छ। सिरानचाेकाे कुन गाउँ हाे तपाइँहरुलाइ थाह छ नै मैले बताउनुपर्दैन । सिरानचोक गाउँपालिका–६ अमरपुरस्थित अमरसिंह थापा पार्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले गहिरो ऐतिहासिक अध्ययनका आधारमा अमरसिंह थापाको जन्मस्थल सिरानचाेक नै रहेको निष्कर्षमा पुगेको बताउनुभयो। [caption id="attachment_22712" align="alignnone" width="800"] वगाले थापा समूह सामूहिक तस्वीरमा । तस्वीर राजेन्द्र न्याैपाने[/caption] उहाँका अनुसार अमरसिँह थापाकाे जन्म स्थल सिरानचोकभित्र… पुरा पढौ

स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण

गाेरखा । धार्चे गाउँपालिकाले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा छात्रवृत्ति छनोट एवं सिफारिस समितिका संयोजक श्री लक्ष्मण गुरुङज्यूको अध्यक्षतामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको हो। (more…) पुरा पढौ

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने अधिकांश महिलाले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवाको पूर्ण चक्र पूरा गर्नेको संख्या न्यून पाइएको छ। (more…) पुरा पढौ

शहिद लखन गाउँपालिमा १२७ जना शिक्षक र विद्यार्थी पुरस्कृत

गाेरखा । शहिद लखन गाउँपालिका को आयोजनामा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE), आधारभूत शिक्षा उत्तीर्ण परीक्षा (BLE) तथा स्तरमापन परीक्षा कक्षा ५ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मानित भएका छन् । (more…) पुरा पढौ

पत्रकारितामा एआई प्रयोगलाई व्यवस्थित बनाउन गोरखामा नौ बुँदे प्रतिबद्धता जारी

गाेरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई व्यवस्थित, जिम्मेवार र नैतिक बनाउने उद्देश्यका साथ नौ बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ। पत्रकारितामा बढ्दो प्रविधि प्रयोगसँगै देखिन थालेका चुनौती र सम्भावनालाई ध्यानमा राख्दै महासंघले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो। महासंघको आयोजना तथा प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेश र अजिरकोट गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको ‘पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र क्षमता अभिवृद्धि’ सम्बन्धी दुई दिने तालिमको अवसरमा उक्त प्रतिबद्धता पत्र जारी गरिएको हो। तालिममा सहभागी पत्रकारहरूलाई… पुरा पढौ

गोरखामा वैशाख ७ गतेबाट पठनपाठन सुरु गर्ने ११ पालिकाको निर्णय

४ वैशाख गोरखा । गोरखाका सबै स्थानीय तहले वैशाख ७ गतेदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने सामूहिक निर्णय गरेका छन् । (more…) पुरा पढौ