स्वास्थ्य

उत्तरी गोरखाकी गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ चुमचेतकी एक गर्भवती महिलालाई सरकारले हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको छ। चार दिनदेखि उच्च ज्वरो आउने, घाँटी तथा टाउको दुख्ने, शरीर सुन्निने र वान्ता हुने समस्या देखिएपछि २३ वर्षीया एलिसा लामाको उद्धार गरिएको हो। लामा पाँच महिनाकी गर्भवतीसमेत रहेकाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरी काठमाडौं पठाइएको चुमचेत स्वास्थ्यचौकीका अहेव खुमबहादुर मल्लले जानकारी दिनुभयो। उहाँका अनुसार शनिबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत लामालाई काठमाडौं लगिएको हो। स्वास्थ्यचौकीका अहेव मल्लले राष्ट्रपति महिला उत्थान कार्यक्रम… पुरा पढौ

कर्मचारीको स्वास्थ्य सुरक्षामा आँपपिपल अस्पतालको पहल

गोरखा । गोरखास्थित आँपपीपल अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीलाई नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन प्रोत्साहन गर्ने उद्देश्यले स्वास्थ्य बिमा प्रिमियमको ५० प्रतिशत रकम अस्पतालले व्यहोर्ने निर्णय गरेको छ। अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वतीदेवी पाठकका अनुसार उक्त सुविधा प्राप्त गर्न कर्मचारीले स्वास्थ्य बिमाको प्रिमियम रकम सुरुमा आफ्नै खर्चमा भुक्तानी गर्नुपर्नेछ। त्यसपछि आफ्नो नाममा जारी भएको आधिकारिक बिल वा रसिद भुक्तानी गरेको मितिले तीन महिनाभित्र अस्पतालमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र आवश्यक कागजात पेश गरेका कर्मचारीलाई अस्पतालले स्वास्थ्य बिमा… पुरा पढौ

बजारको घ्यू खाँदा गोरखाको गुरुकूलका नाै जना विद्यार्थी बिरामी

गाेरखा । जिल्लाको पालुङटार नगरपालिका–७ चुँदीघाटस्थित ओमकार आयुर्वेद गुरुकूलका नौ जना वटुक (विद्यार्थी) बजारबाट खरिद गरिएको घ्यू सेवन गरेपछि बिरामी परेका छन्। बिरामी परेका सबै विद्यार्थीको तनहुँको बन्दिपुर अस्पतालमा उपचार भइरहेको गुरुकूल प्रशासनले जनाएको छ। (more…) पुरा पढौ

सिरानचोक गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशन सम्पन्न

गाेरखा । सिरानचोक गाउँपालिकाको गाउँसभाको १८औँ अधिवेशनको सम्पन्न भएकाे छ । (more…) पुरा पढौ

नगर स्तरीय आधारभूत अस्पताल उद्घाटन सम्पन्न

गाेरखा । पालुङटार नगरपालिका–६ स्थित गाईखुर स्वास्थ्य चौकी, भोटेकोटमा नगर स्तरीय आधारभूत अस्पतालको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पालुङटार नगरपालिकाको आयोजनामा मिति २०८३ असार १ गते सम्पन्न उक्त कार्यक्रमले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा सहज, सुलभ तथा गुणस्तरीय रूपमा उपलब्ध गराउने उद्देश्यलाई थप सशक्त बनाएको छ। (more…) पुरा पढौ

धार्चेमा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण, सबै नागरिकलाई कार्यक्रममा जोड्ने लक्ष्य

गाेरखा । धार्चे गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रमको पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हाल गाउँपालिकाका करिब २० प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेकाले सबै नागरिकलाई कार्यक्रममा समेट्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो। (more…) पुरा पढौ

रेड युनाइटेड युथ क्लवद्वारा रक्तदान

गाेरखा । रेड युनाइटेड  युथ क्लव गाेरखाले आइतबार गाेरखामा रक्तदान गरेकाे छ । नेपाल रेडक्रस साेसाइटी गाेरखा शाखाकाे समन्वयमा क्लवका युवाहरुले रक्तदान गरेका हुन् । क्लवका अध्यक्ष सुवास तामाङकाे अध्यक्षतामा भएकाे कार्यक्रममा  वडा नम्बर ८ का वडा अध्यक्ष ऋषिराम खत्रीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । आसन्न निर्वाचनकाे पूर्व सन्ध्यामा युवाहरुले रक्तदान गर्नु अत्यन्तै राम्राे काम रहेकाे बताउनुभयाे । मानिसहरु निर्वाचनमा केन्द्रीत भएका छन् अस्पतालमा रगतकाे अभाव छ यस्ताे अवस्थामा युवाहरु सँगठित भएर रक्तदान गर्नु जीवनदान गर्नु सरह हाे अध्यक्ष खत्रीले… पुरा पढौ

आँपपिपल अस्पताल व्यक्तिगत पहुँचको अखडा बन्याे

आँपपिपल । पालुङटार नगरपालिकामा रहेको ऐतिहासिक आँपपिपल अस्पताल यतिबेला गण्डकी प्रदेश सरकारको प्रत्यक्ष हस्तक्षेपका कारण विवादमा परेको छ। एक समय ग्रामीण भेगका नागरिकका लागि जीवनरक्षाको भरोसायोग्य केन्द्र बनेको यो अस्पताल पछिल्लो समय राजनीतिक स्वार्थ, शक्ति दुरुपयोग र व्यक्तिगत पहुँचको अखडा बन्दै गएको स्थानीयको गुनासो छ। (more…) पुरा पढौ

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । (more…) पुरा पढौ

जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । (more…) पुरा पढौ