भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा कटानका कारण गोरखाका पालिकाहरूमध्ये सबैभन्दा बढी क्षति सहिद लखन गाउँपालिकामा पुगेको छ। बाढीले पालिकाभरका सडक, पुल, खानेपानी, बस्ती तथा हजारौँ रोपनी कृषि योग्य जमिनमा ठूलो क्षति पुर्याएको छ भने ७ जना नागरिक अझै सम्पर्कविहीन छन्। सो क्षेत्र स्वयम् गृह मन्त्रीको निर्वाचन क्षेत्र समेत हो। जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसपश्चात् विस्थापितहरूले छिट्टै राहत तथा पुनर्स्थापनाको महसुस गर्ने आशा राखेका थिए। तर, गृह मन्त्रालयले विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दा सबैभन्दा धेरै क्षति व्यहोरेको सहिद…
पुरा पढौ