गाेरखा । गोरखकाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गोरखा नगरपालिका वडा नम्वर ९ को ३४ औ बार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएकाे छ । गोरखा नगरपालिका भित्रका आधारभुत विद्यालय स्तरीय समृद्धिको साझा यात्रा सहकारीता विषयक वक्तृत्वकला प्रतियोगिता सहित सम्पन्न भएको छ ।
संस्थाका पूर्व अध्यक्ष एवं ९ नम्वर वडाध्यक्ष श्री कुल बहादुर कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम संस्थाका अध्यक्ष श्री सुजन कुँवरले अध्यक्षता गर्नुुभएको थियो । १४ विद्यालयका भाईबहिनीहरुले प्रतियोतिामा भाग लिएको मध्येबाट श्री जेनियस गोरखा इङिलस बोडिङ स्कुलका छात्रा सन्जु श्रेष्ठले प्रथम स्थान, द ज्ञानबाग स्कुल लक्ष्मीबजारका छात्रा ईशा कुँवरले दोस्रो स्थान र श्री सरस्वती माध्यमिक विद्यालय, आहाले गोरखाका छात्र असोक ढकालले तृतीय स्थान र द ओल्ड क्यापिटल माध्यमिक विद्यालयका छात्र बाबु कैनीले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो । प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्नुहुने विद्यार्थी भाईबहिनीहरुलाई क्रमश रु.५,०००, रु.४,०००, रु.३,००० र सान्त्वना रु.२,००० साथै प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाले विभिन्न विधामा उत्कृष्ट हासिल गर्ने संस्थापक, शेयर सदस्यहरु तथा बाल सदस्यहरुलाई पुरस्कार तथा सम्मान गरेको थियो । जस अनुसार २२ जना संस्थापक मध्ये उपस्थित संस्थापक श्री पदम बहादुर खत्री, खेशर बहादुर खत्री, रोलक बहादुर थापा, रामसिंह बस्न्यात, खिलमानसिंह बस्न्यात, गणेश बहादुर खत्री र चलित्रकृष्ण जोशीलाई खादा आडाएर सम्मानित गरको थियो । संस्था स्थापनामा महत्वपूर्ण भुमिका निर्वाह गर्ने लायन्स क्लव अफ गोरखालाई प्रशंसा पत्र सहित सम्मान गरेको छ ।
संस्थाले व्यवस्थापक अमृत बहादुर श्रेष्ठलाई दिर्घसेवा पदक सहित नगद रु.५००० बाट सम्मानित हुनभएको छ । जेष्ठ सदस्य सम्मान कार्यक्रममा गोनपा ९ निवासी श्री टेकबहादुर खत्री (७६ बर्ष), श्री ठूलिमाया योगी (८१ बर्ष) र गोनपा १० निवासी श्री मेघप्रसाद रेग्मी (७६ बर्ष) लाई दोसल्ला ओडाएर सम्मानित हुनुभएको छ । असल व्यवसायी तर्फ गोनपा ९ शिखर निवासी श्री अमृत बहादुर श्रेष्ठ र श्री संगिता सुनारलाई प्रमाण पत्र र नगद सहित सम्मान गरेको छ । त्यसै गरी असल ऋणी तर्फ गोनपा ९ ठिगुरेश्वाराका राजेशवावु कमर र गोनपा ९ दलभञ्याङ का फुलमाया थापा लाई प्रमाण पत्र सहित नगदले सम्मान गरेको छ । त्यसै गरी संस्थागत तर्फ उत्कृष्ट कारोबार गर्ने शिवमार्ग टोल समुह, लक्ष्मीबजार लाई प्रमाण पत्र र खादाले सम्मान गरेको छ ।
संस्थाको नियमित बचतमा सहभागि भई उच्च बचत हुने सदस्य श्री बेलीमाया सिर्मल र बाल बचत तर्फ उच्च बचत गर्ने मयक कुँवरलाई नगद सहित प्रमाण पत्रले सम्मान गरेको छ । देश विकासको लागि महत्वपुर्ण जनशक्तिको रुपमा उच्च शिक्षा अध्ययन गरी सफल हुने शेयर सदस्य ई.सुयोग बस्नेत, ई.अमिर कुँवर र ई.सुजित खत्रीलाई दोसल्ला र सम्मान पत्रबाट सम्मानित हुनभएको छ । त्यसैगरी कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्न सफल हिमांशु थापा र संगम तिवारी, कक्षा १० बाट अञ्जना श्रेष्ठ, एन्जिला थापा र निखिल बस्न्यात कक्षा ८ बाट समर्जित कुँवर राणा, समिता बस्नेत र रजनी श्रेष्ठ, कक्षा ५ बाट दिप्सना कुँवर, कृतिना कुँवर र सिंगम सिंह बस्न्यातले नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको थियो ।
त्यसैगरी महिला समुहहरु मध्ये उत्कृष्ठ कारोबार गर्ने श्री टक्सारथानी गैरीछाप महिला समुहका मेनुका भुजेल, सिता रम्तेल, रस्मिता भुजेल, आशा नेपाली, सविना दवाडी, नानुमाया दवाडी, गिता दवाडी, विमला बयलकोटी, हरीमाया रम्तेल, हरीमाया थापा मगर, जुनुमाया दवाडी गिफ्ट हयाम्पर सहित प्रमाणपत्रले सम्मान गरेको संस्थाका अध्यक्ष श्री सुजन कुँवरले जानकारी गराउनु भयो । कार्यक्रममा संस्थापक सदस्य श्री चलित्रकृष्ण जोशी, सहभागि विद्यालयका शिक्षक श्री सुमन ज्ञवाली, निर्णायक मण्डलका संयोजक श्री यदुप्रसाद अधिकारी, द ज्ञानबागका निर्देशक श्री कमल थापा, क्याम्पस प्रमुख श्री एकदेव अधिकारी, जिल्ला सहकारी संघका कोषाध्यक्ष श्री हरीराम अधिकारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका सचिव श्री देवेन्द्र बस्नेतले संचालन गर्नुभएको थियो ।
स्थापना दिवशको अवसर पारेर हिजो गोनपा ९ लक्ष्मीबजारमा गोरखा लायन्स आखा सेवा केन्द्रको प्राविधिक सहयोगमा निशुल्क आखा शिविर सञ्चालन भएको थियो । १८७ जना आखाको रोगिहरुले उपचार लिएकोमा १० जनाको मोतियाविन्दु अपरेशन गर्नुपर्ने देखिएको थियो ।







https://shorturl.fm/N0reD