७ पुस, गोरखा । गोरखा नगरपालिका वडा नं. ५ चिल्ड्रेनपार्क नजिकै लसुने जंगलमा मानव कंङकाल फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले दिएको जानकारी अनुसार आज दिउँसो खटि गएको प्रहरीले कंङकाल सँगै १ थान किप्याड मोबाइल , जुत्ता , ट्रयाक र कमिज समेत फेला पारेको जनाएको छ ।
कङकालको कस्को हो भन्ने नखुलेको र भेटिएको मोवाइल बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ घर भएका वर्ष ४० का जङ्ग बहादुर गुरुङको भएको प्रहरी नायव उपरिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।






