गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकामा नीति तथा कार्यक्रम अनुसार बजेट पारीत भएकाे छ । आज भएकाे १९ अाैँ गाउँसभाले कुल ६३ कराेड ४७ लाख ३१ हजार रुपैयाँकाे बजेट पारीत गरेकाे हाे ।
सञ्चालन तर्फ ४९ कराेड ५९ लाख ६० हजार अर्थात ७८.४० प्रतिशत र पुँजीगत तर्फ १३ कराेड ६६ लाख २१ हजार अर्थात २१.६० प्रतिशत रहेकाे प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले जानकारी दिनुभयाे ।
पारदर्शी र सुशासनमा अग्रस्थानमा रहेकाे शहिदलखन गाउँपालिकाले दिर्घकालिन महत्वका सहितका याेजनाहरु कार्यन्वयन गरी विकासका काम गर्दै आएकाे छ । शहिद लखन गाउँपालिकाको १९औं अधिवेशन आज मिति २०८३ साल असार १० गते गाउँपालिकाको सभाहल, घैरुङ्गमा गाउँपालिकाका अध्यक्ष श्री रमेश बाबु थापा मगरज्यूको अध्यक्षतामा सम्पन्न गरेकाे हाे ।
यस सभामा अध्यक्षज्यूले १९औं अधिवेशन आह्वान भएको सूचनाको जानकारी गराउँदै आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सभा समक्ष प्रस्तुत भएकाे थियाे ।
अधिवेशनको सुरुमा गाउँ सभा सदस्यहरू श्री रेक्शना दर्लामी, श्री ऋषिराम कट्टेल र श्री दुर्गा पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो भने शून्य समयमा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नु भएकाे थियाे ।
सभामा उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूले आगामी आर्थिक वर्षको वार्षिक बजेट वक्तव्य प्रस्तुत गर्नुका साथै आर्थिक विधेयक २०८३ र विनियोजन विधेयक २०८३ सभामा पेश गर्नुभएको थियो जसमा क्रमशः आर्थिक विकास समितिका संयोजक श्री दिपक पाण्डे र कार्यपालिका सदस्य श्री गिता परियारले समर्थन जनाउनुभएको थियो।
साथै सभामा लेखा समितिका संयोजक श्री होम बहादुर थापा, सुशासन समितिका संयोजक श्री अशोका थापा र विधायन समितिका संयोजक श्री रुक्मणी गुरुङले आ-आफ्नो विषयगत समितिका वार्षिक प्रतिवेदनहरू प्रस्तुत गर्नुभयो भने उपाध्यक्ष श्री इन्दिरा तिवारीज्यूले न्यायिक समितिको वार्षिक प्रतिवेदन समेत सभा समक्ष राख्नुभएको थियो।