जेठ २५ काठमाण्डौं । नेपाली चलचित्र “वेलकम टु हेम्जाकोट” को मायाको रेडियो गित सार्वजनिक भएको छ ।
कार्तिक २५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको आइटम गित आज सार्वजनिक भएको हो । गायक उदेश श्रेष्ठ र गायिका इन्दिरा जोशीको स्वरमा रहेको गितमा प्रज्वल अधिकारीको शव्द र राज सागरको संगित रहेको छ ।
चलचित्रमा बुद्धि तामाङ, बिनोद न्यौपाने, सन्दिप सिग्देल, अम्विका तामाङ, रवि गिरी लगायतका कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ ।






