
गाेरखा । जिल्लाकाे अजिरकाेट गाउँपालिकाको पूर्व अध्यक्ष फडिन्द्र धिताल र उपाध्यक्ष चन्द्रमाया गुरुङ कार्यकालकाे मनाेमानी खर्च जोड्दा सात करोड ५२ लाख ३७ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ ।
उक्त कार्यकालमा वडा कार्यालय समेत विविध शीर्षकबाट २२ लाख १४ हजार खाना खाजा लगायत विविध कार्यक्रममा खर्च गरेको हाे । राज्यको ढुकुटी स्वाहा पार्नेगरी फजुल खर्च गर्ने प्रवृत्तिमा नियन्त्रण गरी खर्चमा मितव्ययिता कायम गर्न महालेखाले जनाएको छ ।
कार्यविधि अनुसार वैठक नबसेको र कुनै महत्वपूर्ण निर्णय पनि नभए पनि भत्ताकै लागि मात्र बैठक बसेको महालेखाले बताएकाे छ । एउटै कार्यक्रमलाइ याेजना र इष्टीमेसन विना बजेट हालेकाे महालेखाले लेखेकाे छ ।
कार्यक्रम छनौट गर्दा ऐनमा भएको व्यवस्था लागु नगरी अजीरकोटले टुक्रे योजनामा धेरै बजेट छुट्याएको अबस्था छ । जसले दीर्घकालीन उपलब्धी हात नपार्ने हुँदा यस्तो कार्यक्रम नगर्न महालेखाले सुझाव दिएको थियाे ।
अघिल्ला कार्यकालका कराैँडाै रुपैयाँ बेरुजुका कारण अहिलेका जनप्रतिनिधिहरु आजित भएका छन् । धिताल र गुरुङ तत्कालिन अवस्थामा नेपाली काँग्रेसबाट विजयी भएका थिए ।



