काठमाडाैं : रातो मच्छिन्द्रथानको रथयात्रालाई लिएर बिहीबार ललितपुरकाे पुल्चोक क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको हो । कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा आज रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटन क्षेत्रमा तनाव भएको थियो ।
स्थानीय प्रशासनको अनुमतिविना नै केही युवाले मच्छिन्द्रथानको रथ तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो । निषेधाज्ञाका क्रममा केही युवाले कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरीमाथि नै आक्रमण गरेका थिए । शान्तिसुरक्षा र चमनचयन कायम राख्न कर्फ्यू जारी गरिएको जिप्रकाले जनाएको छ ।