Home Breaking News २६ जनामा काेराेना देखिएसँगै गोरखा नगरपालिका भित्र निषेधाज्ञा घरबाट निस्किए तुरुन्तै...

२६ जनामा काेराेना देखिएसँगै गोरखा नगरपालिका भित्र निषेधाज्ञा घरबाट निस्किए तुरुन्तै पक्राउ गरिने

शुक्रबार, भदौ १९, २०७७
0
150

गोरखा १९, भदौ ।  गोरखा नगरपालिका क्षेत्रमा शुक्रबार एकैदिन २० जना कोरोना संक्रमित भेटिएपछि भोलिदेखि नगरपालिका भित्र निषेधाज्ञा जारी गरिने भएको छ । आज बसेको जिल्ला स्तरीय कमाण्ड पोष्टको बैठकले भोलि मध्यान्ह्र १२ बजेदेखि एकहप्तासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकले निषेधाज्ञाको अबधीभर नगरक्षेत्र भित्र प्रवेश गर्न र बाहिरिन कडाई गर्ने जनाइएको छ । त्यस्तै नगरक्षेत्र भित्र अत्याबश्यक काम बाहेक घर बाहिर निस्किए कारावाही गर्ने निर्णय बैठकले गरेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्रीले जानकारी दिए ।

संक्रमण बढ्दै गएको भन्दै रोकोना रोकथाम तथा नियन्त्रणका लागि साता दिनको निषेधाज्ञा गर्ने निर्णय भएको गोरखा नगरपालिका मेयर राजनराज पन्तले बताए ।  गोरखा नगरपालिकाको वडा नम्बर १३ मा १४ जना, वडा ६ मा २ जना, वडा नम्बर ७ मा ३ जना र वडा नम्बर ८ मा एकजनामा शुक्रबार कोरोना संक्रमणको पुष्टी भएको थियो ।

NO COMMENTS