Home Breaking News जीप दुर्घटनामा मृत्यु हुनेकाे सँख्या दुइ पुग्याे

जीप दुर्घटनामा मृत्यु हुनेकाे सँख्या दुइ पुग्याे

सोमवार, भदौ २२, २०७७
0
206

घाइतेलाइ उद्दार गर्दै नेपाल प्रहरी

भदाै २२, दमाैली ।

तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा साेमबार जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट खाल्डे तर्फ जाँदै गरेको ग १ ज ७१२८ नं को जीप कच्ची सडकबाट करीब ७० फिट तल खोलामा खस्दा जीप चालक सहित जीपमा सवार अर्का एक व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा जीप चालक म्याग्दे गाउँपालिका–७ निवासी ३२ वर्षीय होमबहादुर श्रेष्ठ र जीपमा सवार व्यास नगरपालिका–५ का ५५ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनामा अन्य छ जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये मधुसुदन श्रेष्ठ र सन्तकुमार श्रेष्ठलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको र अन्यको दमौलीकै अस्पतालमा उपचार भइरहेको छ । जीपका यात्रुहरु मृत्यु संस्कारमा भेटी लिएर खाल्डेतर्फ जाँदै थिए ।

NO COMMENTS