Home समाचार निषेधाज्ञा खुलेसँगै गाेरखा बजार क्षेत्रमा चलहपहल बढ्याे

निषेधाज्ञा खुलेसँगै गाेरखा बजार क्षेत्रमा चलहपहल बढ्याे

बिहिबार, असाेज १, २०७७
0
223

गोरखा ३१, भदौ। गोरखा जिल्लामा करिब एक महिनादेखि जारी निषेधाज्ञा आजदेखि हटेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथाम नियन्त्रण र न्यनिकरणका लागि गठित जिल्ला स्तरीय कमाण्ड पोष्टको बुधबार बसेको बैठकले असोज १ गतेदेखि जिल्लाभर लगाइएको निधेषाज्ञा हटाइसंगै बिस्तारै चहलपहल सुरु भएको छ । गोरखा सदरमुकाम क्षेत्रमा बिहानैदेखि बजार पसलहरु खुलेका छन् ।

त्यस्तै बिहिबार आज बिश्वकर्मा पुजा परेकाले पनि बजाराम चहलपहल बढको छ । कच्ची सडक क्षेत्रबाट बर्खाका कारण बाटो बिग्रिएकाले खासै सवारी साधन चलेका छैनन भने सदरमुकाम भित्र भने थोरै नीजि तथा भाडाका सवारी साधन चल्न थालेका छन् । बैठकले निषेधाज्ञा हटाए पनि सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई भने कडाईका साथ पालना गराउने निर्णय भएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

त्यस्तै सिमा नाकाबाट जिल्ला प्रवेश गर्ने सवारी साधन सहित सवै मानिसको अनिबार्य अभिलेख राख्ने तयारी गरेको छ । बैठकले जिल्ला भित्र नीजि सवारी साधन सञ्चालन गर्न दिने तथा जिल्ला भित्रका आवागमनलाई सहज बनाउने तथा बाहिरी र ठूला केन्द्रसम्म यातायात सञ्चालन गर्दा नेपाल सरकारले गरेको निर्णय अनुसार गर्ने हुने जनाएको छ । त्यस्तै सार्वजनिक सेवा प्रवाहका हकमा कार्यलयहरुले कार्य योजना बनाई लागू गर्ने जनाइएको छ ।

जिल्ला भित्र निषेधाज्ञा खुकुलो भएसंगै उद्योग, व्यवसाय, पसल, कलकारखना सञ्चालनमा ल्याउदा सरकारले तोकेको सुरक्षा मापदण्ड अन्र्तगत अनिबार्य रुपमा मास्क पन्जा, स्यानिटाइजर, प्रयोग गर्नुपर्ने उल्लेख छ ।

बैठकले पसलमा आउन ग्राहक वा सेवाग्राहीले मास्क नलगाइए आएमा व्यवसायीले त्यसको उचित व्यवस्थापन गर्ने, यातायात सञ्चालन गर्ने व्यवसायीहरुले सवारी साधनलाई संक्रमण मुक्त गराउने तथा चालक, सहचालकले अनिबार्य रुपमा मास्क लगाउने, यात्रुले मास्क, पन्जा लगाए नलगाएको हेर्ने, सवै सबारी साधनमा अनिबार्य सेनिटाइजर प्रयोग गर्नुपर्नेमा निर्णय समेत गरेको जनाइएको ।

NO COMMENTS