Home Breaking News स्वास्थ्य चाैकी पुग्ने बाटाे अवरुद्ध भएकाे दुइ महिना नपुग्दै बन्याे

स्वास्थ्य चाैकी पुग्ने बाटाे अवरुद्ध भएकाे दुइ महिना नपुग्दै बन्याे

शुक्रबार, असाेज २, २०७७
0
176

गोरखा २, असोज । गोरखाको शहिद लखन गाउँपालिका–९ नाम्जुङ स्थित नाम्जुङ स्वास्थ्य चौकीसम्म पुग्ने सडकमा खसेको पहिरो करिब २ महिना नपुग्दै हटाइएको छ । गएको साउन ५ गतेदेखि पहिरो खसेर अबरुद्ध भएको स्वास्थ्य चौकीसम्म पुग्ने सडक ५४ दिनपछि शनिबारदेखि सूचारु भएको वडाध्यक्ष रामप्रसाद लामिछानेले दिए ।

‘गएको शनिबारदेखि मेसिन लगायर पहिरो हटाउने काम भएको छ, वडाध्ययक्ष लामिछाने भने ‘अहिले स्वास्थ्य चौकीसम्म नै एम्बुलेन्स पुग्ने अबस्था भएको छ ।’ अहिले तत्कालका लागि एम्बुलेन्स मात्र भनेपनि स्वास्थ्य चौकीसम्म अबस्था भएको जानकारी दिए । ‘अझै पुरै काम त भईसकेको छैन, मैले सवै काम सक्नु भनेको थिए तर नसकी मेसिन अन्त्यै लगेछ , वडाध्यक्ष लामिछानेले भने अब एकडेढ घण्टाका जतिको काम बाँकी होला त्यो पनि म छिट्टै गराउछु ।’

‘वर्थिङ सेन्टरपछाडी पुरिएकाे भाग अझै पूर्ण रुपमा हटेकाे छैन ।  केही भाग हटाएर भ्यालसम्म देखिने बनाइएको छ, तलको माटो तान्न मेसिन लगाउने भनेको डोजेर तल गएको छ एकदुई दिनमा म गर्छु ।’

स्वास्थ्य चौकीसम्म एम्बुलेन्स पुग्न नसक्ने अबस्था हुदा समेत गाउँपालिकाले पहिरो हटाउन चासो नदिएपछि बिरामी लैजान समस्या हुदै आएको थियो । सडकाे नयाँ ट्रयाक खन्नका लागि पालिकामा प्रशस्त बजेट भएपनि स्वास्थ्य, खानेपानी लगायतका मानवजन्य हितका लागि बजेटकाे अभाव पालिकाले देखाउँदै आएकाे छ ।

स्वास्थ्यचौकीकी प्रमुख लक्ष्मी श्रेष्ठले पहिरो हटाएसंगै बिरामी एम्बुलेन्समै उपचारका लागि आउनसक्ने अबस्था भएको बताइन। ‘अब बाटोमै स्टेचर बोकेर बिरामी लिनु जानुपर्ने अबस्था हटेको छ, बिरामीले अब सास्ती खोप्नु पर्ने अबस्था छैन ।’

NO COMMENTS