Home Breaking News प्रहरी कार्यालय नजिकै रहेकाे घरमा जुवा खेल्ने ४ जना समाजसेवी प्रहरी नियन्त्रणमा

प्रहरी कार्यालय नजिकै रहेकाे घरमा जुवा खेल्ने ४ जना समाजसेवी प्रहरी नियन्त्रणमा

आइतवार, कार्तिक ९, २०७७
0
350

कात्तिक ९, गाेरखा ।  सदरमुकाममा तास खेली रहेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका ६ सरकारी कार्यालय परिसरबाट उनीहरुलाई पक्राउ गरिएता पनि नाम भने खुल्न सकेको छैन ।

प्रहरी निरिक्षक सिमोन घितालको कमाण्डमा रहेको प्रहरीले टोलीले प्रहरी चौकीको ९३ मिटर पेरीफेरीमा रहेको होटलमा तास खेलिरहेका ४ जनाको समूहलाई नियन्त्रणमा लिएको हाे ।

स्थानीयका अनुसार घर भित्र साँचो लगाएर तास खेलिरहेका उनीहरुले प्रहरी टोलीलाई घर भित्र प्रवेश गर्न अवरोध गरेका थिए । निकै बेरपछी घरको मुल गेट खोलेका घर बेटी सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथमा तास र पैसा केही पनि नभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । पक्राउ परेका सबैलाई मुद्वा चलाउने वा त्यसै छाड्ने भन्ने बिषयमा छलफल भई रहेको समेत जानकारी प्राप्त भएको छ ।

पक्राउ परेकाहरुकाे नाम के के हुन भन्दा उनीहरु समाजसेवी हुन भन्दै प्रहरी अधिकारीले नाम खुलाउन चाहेनन् । गण्डकी प्रदेशमा रहेकाे गाेरखा जिल्ला नेपालमै जुवा खेल्नका लागि सुरक्षित जिल्लाका रुपमा मानिदै आएकाे छ ।

जिल्ला प्रहरी कार्यलय परिसरकाे २५ मिटर क्षेत्रबाट सुरु भएर जुवाअखडा घनाजँगलका क्षेत्रहरु सम्म रहँदै आएका छन् ।

 

NO COMMENTS