Home Breaking News बारपाकमा आजदेखि केन्द्रीय प्रसारण लाइनकाे विजुली बल्ने

बारपाकमा आजदेखि केन्द्रीय प्रसारण लाइनकाे विजुली बल्ने

सोमवार, मंसिर २९, २०७७
0
612

मङ्सि २९, गाेरखा । गोरखाको बारपाकमा आज देखि नेपाल बिद्युत प्राधिकरणको केन्द्रिय प्रशारण लाईन जडान हुने भएको छ । अहिलेसम्म स्थानीय घट्टे खाेला स्थित लघु जलबिद्युत आयोजनाबाट बत्ती बाल्दै आएका बारपाकका स्थानीयबासीहरुले आजबाट केन्द्रिय प्रशारण लाईनबाट बिजुली बत्ती बाल्न पाउने भएका हुन् । बिद्युत लाइन जडानका लागि प्राबिधिक सहितको टोली हिजोदेखि नै त्यस क्षेत्रमा खटिएको नेपाल बिद्युत प्राधिकरण गोरखा बितरण केन्द्रका प्रमुख माधब न्यौपानले जानकारी दिए । आज हामी बारपाकमा बत्ति बाल्छाै उनले थप प्रष्ट गरे ।

‘प्राबिधिकहरुको टोलीले त्यहाँ लाईन छुटेको छ छैन, बिद्युत चुहावट भएका छन् छैन त्यसको फिल्डमा पुगेर अध्ययन गर्ने काम गर्दै आएका थिए ।, आज पहिलो दिन वडा कार्यालयमा केन्द्रिय प्रशारण लाईनबाट बिजुली बाल्ने योजना  छ । ‘वडा कार्यालयमा बिजुली बत्ती बालेसंगै क्रममा स्थानीयबासीहरुको घरमा केन्द्रिय प्रशारण लाईनको बिजुली जडान गर्दै जाने योजनामा छ ।’ उनले भने  । अजिरकोट गाउँपालिकाको बालुवादेखि राङ्गरुङ्ग मान्द्रे हुदै वारपाकको विभिन्न स्थानसम्म निर्माण सम्पन्न हाइटेन्सन  लाईनमा सोमबार देखि नै ११ हजार भोल्टेज प्रशारण÷प्रवाह गरिने हुदा विद्युतिय संरचनाहरुमा नछुन सवैलाई आग्रह समेत न्याैपानेले आग्रह गरेका छन् ।

पोल, तार, स्टेक, ट्रान्सफर्मर लगायत मा नजिक नजानु हुन, नछुन, आफ्ना वालवालिक तथा पशुचौपायहरुलाई नछोड्न  त्यस क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरिएकाे छ । प्राधिकरण गोरखा बितरण केन्द्रले जानकारी लागि सवै तिर सूचना प्रवाह गरिसकेको भन्दै सूचनालाई अटेर गरि लापारवाही वस कुनै विद्युतिय दुर्घटना हुन गएमा नेपाल विद्युत प्राधिकरण जवाफदेहि नहुने जनाएको छ ।

विद्युत प्रशारणको क्रममा कुनै पनि स्थानमा विद्युत तार चुडेको, स्पार्क भएको वा कुनै कैफियत देखेमा तत्काल प्राधिकरणको कार्यालयमा जानकारी गराउने समेत विद्युत प्राधिकरण गाेरखा शाखाले आग्रह गरेकाे छ ।

NO COMMENTS