मङ्सिर २९, मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट राजीनामा दिएकी छन् । बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा विवाद भएपछि उनले आज राजीनामा दिएको दिएकी हुन ।
राजीनामा दिएकी उनी माेवाइल अफ गरेर सम्पर्कबिहिन भएकी छन् । उनले प्रयाेग गर्दै आएकाे माेवाइलमा स्वीच अफ अवस्थामा रहेकाे छ ।
विगतदेखि नै गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी थिइन् । उनले अध्यक्ष एकराज उप्रेतीलाई राजीनामा बुझाएकी छन् ।
सोमबार उपाध्यक्ष विष्टले राजीनामा दिएपछि अध्यक्ष उप्रेतीले राजीनामाबारे छलफल गरेको स्रोतले बताएको छ ।