शहिद लखन, गाेरखा । प्रथम शहिद लखन थापा मगरकाे १४४ अाैँ समृति दिवसका अवसरमा आयाेजित शहिदलखन गाउँपालिका अन्तर माध्यमिक तह वक्तृत्वकला प्रतियाेगिता जनशक्ति मा वि नामजुङका छात्र अर्विन गाेतामे प्रथम भएका छन् । शहिद समृति मा वि की छात्रा प्रशन्ना भण्डारी दितिय र रामेश्वरी मा वि का छात्र प्रशिद्ध खड्का तृतिय र मनकामना मा विका सन्ध्या थापा मगर सान्तवाना स्थान हासिल गर्न सफल भएका छन् । प्रतियाेगितामा ११ विद्लयका छात्रछात्राहरकाे सहभागिता रहेकाे थियाे ।
आधारभुत तह स्तरिय चित्रकला प्रतियाेगिता प्रथम कुन्जना थापा मगर रामेश्वरी मावि, दितिय रमित परियार जनशक्ति मावि, तृतिय सुमन मग्राति सिंजालि मावि, सान्त्वना सजिब श्रेष्ठ सहिद स्मृति मावि रहेका छन् । कुल सहभागी सँख्या सामुदायिक १७+सस्थागत २ गरी १९ रहेकाे थियाे ।
विजेताहरुले पुरस्कार प्रथम रु ७००० ,दितिय रु ५०००, तृतिय रु ३००० ,सान्त्वनार रु १००० हजार नगद र प्रमाणपत्र प्रदान गरिएकाे शहिद लखन गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए ।