Home समाचार मनकामना मर्स्याङ्दी क्लवका युवाहरुलाइ भलिवलका राष्ट्रिय खेलाडी दिप खड्काद्वारा प्रशिक्षण सुरुवात

मनकामना मर्स्याङ्दी क्लवका युवाहरुलाइ भलिवलका राष्ट्रिय खेलाडी दिप खड्काद्वारा प्रशिक्षण सुरुवात

सोमवार, फाल्गुन २४, २०७७
0
757

कान्टार, गाेरखा । मनकामना मर्स्याङ्दी क्लवका युवाहरुलाइ भलिवलका राष्ट्रिय खेलाडी दिप खड्काले आइबारदेखी प्रशिक्षण प्रदान गर्न थालेका छन् । भलिवल खेलका लागि मनकामना क्षेत्रका युवाहरुलाइ खेलमा स्थापित गर्ने उदेश्यका साथ प्रशिक्षण प्रदान गर्न थालिएकाे क्लवका अध्यक्ष विधान कट्टेलले जानकारी दिए ।

कान्टार स्थित खेल मैदानमा प्रशिक्षण प्रदान गर्न थालिएकाे हाे । गाउँका युवाहरुमा भएकाे खेलप्रतिकाे चाहनालाइ नियम र अनुशासनमा लगेर प्रदर्शन गर्न सक्ने बनाउन आफूले प्रशिक्षणमा सहयाेग पुर्याउन लागेकाे खड्काले बताए ।

NO COMMENTS