दशकलासपछि अगाडिको यात्रा उच्च माध्यामिक शिक्षा हासिल गर्नु थियो। त्यही शिक्षा हासिल गर्नका निम्ति म र मेरो मिल्ने साथी लोकराज अछामदेखि कैलालीसम्म आएका थियौँ। हजारौं सपनाहरुसँगै आमाबुबाका लाखौं आशिर्वादहरु लिएर हामीले कैलालीको यात्रा तय गरेका थियौँ।
सम्म परेको मैदानमाथि ठूला-ठूला घरहरु, चम्किला बत्तीहरुले झिल्मिल् परेको कैलाली साँच्चै सपनाको सहर जस्तै थियो । आएको तेस्रो दिनमै बिहान ८ बजेतिर प्रर्वेश परीक्षा दिन धमाला टोलको बीचमा रहेको ह्वाइट र पहेलो कलरलमा सजिएको लम्की बहुमुखी क्यम्पसमा गयौँ।
एकछिनपछि एउटा सर आउनु भयो र केही नियमहरु बताउदै पेपर बाड्नु भयो, परीक्षा सुरु भयो। प्रर्वेश परीक्षा को रिजल्टमा हामी दुवै जना पास भएपछि अब साइन्स पढ्न पाउने भयौँ भन्दै खुसी भएर लोकराजलाई कल गरेँ।
सरकारी स्कुलमा साना बुकहरु पढेका यता त एउटै बुक दुई केजी तौल भएको थियो। मोटा-मोटा पाँच वटा बुकहरु पढ्नु पर्ने, त्यो पनि इंग्लिश टु इंग्लिश। एकछिन त म तर्सिएँ, पानाहरु सबै पल्टाएर भ्याएँ अनि ब्यागमा थन्क्याएर राखेँ।
कलेजको पहिलो दिन थियो, लोकराजलाई मेरो रुम भएर अलि चाँडै आउन भनेँ। कलेज पुगिसकेपछि गेट निर पाले दाइलाई आफू पढ्ने ब्लक देखाइ मागेर उतैतिर लाग्यौँ । हामीसँगै हुँदा खुब गफ गर्थ्यौँ, एकअर्कालाई सानो कुरा नसुनाइ बस्न सक्दैनथ्यौँ । सायद कतिपयले त इर्ष्या पनि गर्दा हुन् हामीलाई देखेर।
एकछिनपछि एउटा केटी आइ, ऊ पनि हामी बसेकै साइडमा आएर बसी र म तर्फ हात दिदैँ भनी- ‘हेल्लो, आइ एम रिया एण्ड यू?’
मैले पनि ‘हाइ, आइ एम दिपक भनेँ।’ उस्ले तुरुन्तै रिप्लाइ गरीहाली- अो नाइस नाम। एनि वे, आजबाट हामी साथी ल।’
मलाई सबैभन्दा मन नपर्ने आफ्नो नाम थियो । के गर्नु, बाहुनले यही नाम राखीदिए छन् । मन नभएरै हाँसेर ओके भने। क्यान्टिन, बाथरुमदेखि लिएर बाहिर निस्किनु पर्दा सँगै निस्किन्थ्यौँ।
एग्जामको बेला ग्रुप स्टडी गर्थ्यौँ। कहिले उनीहरु मेरो रुममा आउँथे, कहिले म उनीहरुको रुममा पढ्न जान्थेँ। यसरी हामीले सफलतापूर्वक प्लस टु (+2) पास गर्यौँ । छ महिनाको छुट्टी थियो, अब के पढ्ने भनेर प्लान बनाउन थाल्यौँ। लोकराजलाई डाक्टर पेशा राम्रो लाग्ने रहेछ, उस्ले डाक्टर गर्ने कुरा बतायो।
मैले भने केही टुंगो लगाउन सकिरहेको थिइनँ। यो बिदामा खाली बस्नुभन्दा भनेर कैलालीको एउटा बोर्डिङमा टिचिङ गर्न थालेँ। लोकराज बिदा मनाउन केही दिनको लागि पहाड गएको थियो। उस्को डाक्टर पढ्ने कुरा फिक्स भएछ, एक हप्तापछि एन्ट्रास एक्जामको तयारी गर्न नेपालगन्ज जाँदै थियो।
केही दिनपछि नेपालगन्जबाट लोकराजले कल गरेर, पुष्पलाल चोकमा नजिक रहेको नेपालगन्ज मेडिकल कलेजमा भर्ना हुने कुरा बताउदै- ‘तिमी के पढ्ने?’ भनेर सोधे। ‘हेर न, मैले त केही सोचेकै छैन। अब बिएसी गरौँ की भन्ने सोच बनाइरा छु’ भनेँ।
उसले राम्रै हो भन्ने कुरा गर्यो। समय आफ्नै गतिमा अगाडि बढीरहेको थियो। जिन्दगीमा कहिले सहन सकिने त कहिले असह्य पीडाहरुको आउने जाने क्रम जारी थियो। सोचेको जस्तो जिन्दगी हुँदैन रहेछ। मानिसहरुले त सजिलै केही नबुझी अनेक मूल्यांकन गर्न भ्याइ सकेका हुन्छन्, तर वास्तविक पीडा के हो, कसैलाई थाहा हुन्न। त्यो त स्वयम भोग्नेलाई थाहा हुन्छ।
अनुहार हँसिलो हुँदैमा भित्रदेखि खुसी छ भन्ने हुँदैन, केही पीडाहरु आँसुले बगाउनु भन्दा हाँसोले उडाउनु पर्दो रहेछ। मनमा अनेकौँ इच्छा आकांक्षाहरु हुँदा हुँदै पनि विभिन्न समस्या र परिस्थितिले गर्दा तिनीहरुलाई मनभित्रै तिलान्जली दिनु पर्ने रहेछ। मैले मेरो जिन्दगीको लक्षलाई मोडेर अछाम बहुमुखी क्याम्पस मा साइक्लोजीबाट बिएसडब्लू जोइन गरेँ।
धेरैले प्रश्नहरु खडा गर्थे, किन फ्याकल्टी चेन्ज गर्यौ भनेर। कतिपयले त पढ्न नसकेर होलासम्म भन्न भ्याएछन्। तर मेरो वास्तविकता के हो, मैले कसैलाई बुझाउन चाहिनँ। मनमा दृढ विश्वास र कडा मिहेनत गरेर आफ्ना संघर्षका पाइलाहरु अघि बढाउन थालेँ।
केही समयपछि बुहाको बिरामीको कारणले गर्दा मैले नेपालगन्ज जानु पर्ने थियो। लोकराजलाई हामी आउदै छौँ भनेर कल गरेँ। त्यो दिन गाडीको सफरले गर्दा म खाना खाएर सुतीसकेछु। बुवा र लोकराज गफ गर्दै थिए, कतिबेला सुते पत्तै भएन।
एकदिन लोकराजले म तिर हेर्दै भन्यो- दिपक , तिमीलाई कस्तो केटि मन पर्छ?
मैले जिस्किदै भनेँ- बिहे गर्ने उमेर भाको हो र?
उस्ले मुस्कुराउँदै भन्यो- सपना त देख्न पाइन्छ नि, यस्तो होस् उस्तो होस् भनेर।
‘पाइन्छ नि,’ मैले भनेँ।
उस्ले फेरि सोधेँ- ‘तिमी लभ म्यारिज गर्छौ कि अरेन्ज म्यारिज?’
मैले ऊतर्फ फर्किदै भनेँ- ‘भाग्यले जे दिन्छ, त्यही म्यारिज गर्छु।’
‘कति संस्कारी भएको हेर न,’ उसले जिस्काउन थालेको मलाई।
शनिबारको दिन थियो, अलि माइन्ड फ्रेश गर्न हामी नजिकैको पार्कमा गयौँ। पार्कमा युगल जोडीहरु आफ्नै धुनमा रमाइरहेका थिए। धेरैजसो कपलहरु थिए। लोकराजले मलाई जिस्काउदै भन्यो, ‘तिम्लाई गल्फ्रेन्ड बनाउन मन पर्दैन र?’
मैले सिधा उत्तर दिएँ, ‘छन् नि, धेरै गल्फ्रेन्डहरु बनाउन ।’
‘त्यस्तो हैन क्या पागल, स्पेशल भनेको।’
अलि सिरियस हुँदै भनेँ, ‘अहिले त्यस्तो मुडमा छैन म।’
उस्ले मुस्कुराउदै भने- ‘म त प्लानिङमा छु, राम्रो मान्छे भेटिई भने कुरा अगाडि बढाउछु।’
मैले जिस्काउदै भने- ‘राम्रो भन्या कस्तो नि?’
ऊ निकै भावनामा डुब्दै भन्न थाल्यो- ‘मलाई माया गर्ने, किउ्ट अनि सोझि केटि।’
‘ओ राजा, त्यस्तो केटि कहाँ पाउछौउ तिमीले सोचेजस्तो सजिलो छैन बुझ्यौ,’ मैले उस्को कुरा काट्दै भनेँ।
‘साँचो मनले मागेपछि पाउँछ नि,’ उस्ले उत्तर दियो।
म मुसुक्क हाँसे मात्र। बुवाको स्वास्थ्यमा पनि केही पहिलाभन्दा सुधार आइसकेको थियो। अझै केही दिन बस्नु पर्ने थियो। आज कलेजको फेरवेल पार्टी रहेछ, औपचारिक रुपमा ऊ कलेजबाट बिदा हुँदै थियो। जब पनि अप्लाइ गरेको रहेछ, जबको कुरा पनि फिक्स भयो।
अब ऊ पनि जबर भयो, आफ्नो खुट्टामा उभिन सक्ने यी खुसीहरु हामीसँग बाडेर बाँकी खुसीहरु बाड्न आफ्नो घर जाने निर्णय गरेउ। केही दिनपछि लोकराजको कल आयो, प्राइभेट गाडी पाए आज नै नेपालगन्ज आउने कुरा गरे।
बिहान ७ बजेको थियो, फेरि फोन गर्यो। गाडीको वेटमा छु, मलिन स्वरमा पाइरा छैन भनेर सुनायो। मैले अलि सान्त्वना दिदै भनेँ, ‘पाइहाल्छौ, चिन्ता नगर।’
केही समयपछि फेसबुक अन गरेँ, लोकराजले म्यासेज गरेको रहेछ। म्यासेज हेरेँ, एउटा रामायण कथा जति लामो म्यासेज गरेको। पढ्न झ्याउ लागिरहेको थियो। तैपनि के भनेको रहेछ भन्ने उत्सुकताले नपढी बस्न सकिनँ।
‘मैले भनेको थिएँ नि, भगवानले मलाई रानी जस्तै केटि पठाको छन् भनेर। हो, आज म त्यै रानीको स्कुटिमा लिफ्ट मागेर आउदै छु नि। क्या बिउटिफुल छ केटि, मैले सोचेभन्दा नि बढी। अनि यति राम्रि मान्छेको मन नराम्रो हुने कुरै भएन।’
मैले ओक इन्जोए योर जोर्नी विथ योर ड्रीम बोइ भनेर म्यासेज गरेँ। केही समयपछि फेरि म्यासेज गर्यो- ‘सुन न, केटिको नाम के हो थाहा छ? दिपिका जैसी ।’
‘जैसी, कस्तो थर!’
‘पहिलो चोटि सुनेको थिएँ तर पनि उस्को नामको पछाडि जोडेर हेरेँ- दिपिका जैसी कस्तो मिलेको है? अनि अर्को कुरा, के काम गर्नु हुन्छ भनेको, बस्ने खाने मात्र काम छ । सायद उस्ले पनि मलाई मन पराई होली, त्यसैले यस्तो भन्नी होली है।’ अनी महिले भने त्यसलाई bf छ कि नाई सोध भने
‘अब चिसापानी निर नास्ता खान्छौँ अनि सोध्नु पर्ला। सुन, तिम्लाई फोटो नि पठाउछु है’ भनेर अफलाइन भए।
‘कति फटाहा भाको हेर न, पूरै केटिलाई पट्याइरा छ’ मैले मनमनै सोचेँ। उस्को म्यासेज पढ्दा पढ्दा तरकारी जलिसकेछ, जलेको बास्ना आएपछि मात्र थाहा पाएँ। अहिले त ४ वटा फोटा पठाएर ‘ल हेर, मेरो रानी अनि बईफ्रेन्ड पनि छैन रे। पहिला नै भनेको होनि, भगवानले बिहान-बिहान मलाई गिफ्ट दिनु भाको भनेर. रियल्ली आइ एम लक्की बइ’ भनेर म्यासेज गर्यो।
हेर्दाखेरी मान्छे फिल्मकी हिरोनीभन्दा कम थिईन। रातो कुत्रा, जिन्स पाइन्ट, सेतो जुता, सर्लक्क परेको जीउ, झन् आँखामा लगाएकी कालो गाजल अनी निधार्मा कालो टिकुली सुनमा सुगन्ध थपेकि थिई। कर्णालीको पानीले मुख धुने बहाना बनाएर अलि पर नदी छेउ पुगेर मलाई कल गर्यो।
‘हामी ओपन भएर कुरा गरिरा छौँ, मनमा डाक्टरलाई राख्ने विचार छ रे। अलि कुरा घुमाएर बोल्छ। केटिले सिधैँ आइ लभ यू भने भैहाल्थ्यो नि। गफाडी छ अनि फोन कट नगर है, अन लिमिटेड भ्वाइस प्याक लिएको छु। हामी कुरा गर्छौँ, तिमी सुन्नु है’ भनेँ।
उनीहरु कुरा गरिरहेका थिए। मलाई यस्तो लाग्दै थियो की रेडियोबाट स्टोरी सुनीरहेको छु। कति खुसी थियो, उसले त्यो केटिको नाम बाहेक अरु केही थाहा नहुँदा हुँदै पनि मेरी हो जस्तो गरिरहेको थियो। समय ९:१५ भएको थियो, फेरि फोनमा घण्टी बज्यो। कस्को रहेछ भनेर हेरेँ, लोकराजको रहेछ।
‘काम डन भयो, हामीले एक-अर्काको नम्बर पनि लिइसक्यौँ। अब फोनमा हामी कुरा गर्न सक्ने भयौँ। अनि जब पनि सोधेँ, रिजनल म्यानेजर इन मेडिसिन कम्पनी रहेछ। हामी छुट्टी सक्यौँ,’ म पुग्न थालेँ भने।
कता पुग्यौ भनेर सोध्दा ‘धम्बोजीनिर पुगेँ, अब अटोमा बस्छु। ४ मिनेटमा पुगेँ रुम’ भन्दै फोन कट गरी। म नुहाउन बाथरुममा गएँ। चार मिनेटमा पुग्छु भन्ने मान्छे १५ मिनेट भैसकेको थियो, आइ पुगेको थियन।
एकछिनपछि नयाँ नम्बरबाट फोन आयो र रिसिभ गरेँ। ‘हेल्लो, तपाईं दिपक धमाला हो?’
म- ‘हजुर, दिपक नै हो। भन्नु न के काम थियो होला?’
‘तपाईको साथी हुन् की के हुन् लोकराज , उहाँ चढेको अटोलाई ट्रकले हानेछ। उहाँको अवस्था गम्भीर छ, तपाई चाँडै आउनुस्।’
यी शब्दहरु सुन्न सक्ने ममा कुनै सामर्थ्य थिएन र पनि सुन्न बाध्य भैरहेको थिएँ। होसमा थिएँ या बेहोसमा, म आफैलाई थाहा थिएन। रोडको छेउमा रगतले लत्पत्तिएर मृत्युको अन्तिम सास फेरिरहेको लोकराजलाई देखेर मेरो होस नै उडेको थियो।
म उस्को सामु पुग्न नपाउदै भुइमा पछारिएको थिएँ। मेरा हात, खुट्टा र शरीर पूरै कापिरहेको थियो, मुखबाट एक शब्द लोकराज निकाल्न सकीरहेको थिएनँ। आँखाबाट आँसु खसिरहेको आफैलाई पत्तो थिएन, घिर्सिदै उस्को छेउमा पुगेँ। रगतले लत्पतिएको उस्को हात समातेँ। आँखाका नानिहरु म तर्फ पार्दै गहम्भरी आँसु बनाए।
सकी/नसकी बोल्न थालेउ, ‘दिपक , म धेरै लक्की छु सोच्थेँ तर रहेनछु। जुन सपनाहरु मैले बनाएको थिएँ, ती पूरा भएनन्। सायद जिन्दगीमा म पहिलो पटक होला त्यती धेरै खुसी भएको। स्सकुटिमा बस्दा मोडहरु र ब्रेकहरुको धक्काले म उस्को पिठ्यूँमा टाँसिन पुग्थेँ। त्यो स्पर्शले मलाई आभास दिएरहेको थियो की म उसैको लागि जन्मिएको हुँ।
आधा जिन्दगीको यात्रा ऊसँग गरिसकेको छु, अब आधा जिन्दगी बिहे गरेर कटाउँछु। मन यति धेरै चन्चल भएको थियो की म कन्ट्रोल गर्न सकीरहेको थिएनँ। पहिलो भेटमा भेटिएकी ऊसँग म यति धेरै किन नजिक भैसकेको थिएँ। हासिलो अनुहार, सेता दाँतहरु मेरो आँखामा गडिएर बसीसकेका छन्। भगवानसँग यति मात्र माग्न चाहन्छु की जिन्दगीमा अरु चिजको कमी भए पुग्छ तर उस्को साथको कमी कहिले नहोस्।’
आफू मृत्युसँग लडिरहेको लोकराज फेरि पनि उसैको बयान गरीरहेको थियो, म उस्का शब्दहरु सुन्न बाहेक अरु केही गर्न सकीरहेको थिएनँ। उस्को अवस्था एकदमै नाजुक थियो। ऊ बाच्न भगवानको भरोसा मात्र थियो, उस्को यो हालत देखेर ऊभन्दा अगाडि म आफै मर्दै छु भन्ने मलाई लागिरहेको थियो।
मेरो तिर फर्किए जस्तो गरेर ऊ केही बोल्न खोज्दै थियो, मैले केही सहज बनाइदिएँ र उ बोल्न थाल्यो, ‘जिन्दगी दुई दिनको हो भन्थे, हो रहेछ र मेरा दुई दिनहरु अलि छोटा रहेछन्। सोचेको पनि थिइनँ की यति छिट्टै यो संसार बिदाइ गर्नुपर्छु भनेर।’
मैले उस्लाई चुप लाग्न भनेँ, अवस्था झन्-झन् नाजुक बन्दै गइरहेको थियो। अब त बाँकी रहेको बोली पनि बन्द भयो, यताउता आँखा डुलाउन थालेँ। केही समयपछि ऊ यो संसारबाट अलप भयो।
प्रीय लोकराज , तिमी साथी मात्र थिएनौ, मेरो सबैथोक थियौ जस्लाई म आफ्नो परिवारभन्दा पनि बढी माया गर्थेँ। फोनमा सास नफेरेर गफ गर्ने तिमी अहिले एकैछिनमा निशब्द भयौ। तिमीलाई यो रोडको छेउमा हैन, तिम्रो रानीसँग कालो कोट पहेन्ट लगाएर, तिम्रो रानिको टाउकोमा सिउँदो भरिरहेको हेर्न मन छ।
एक शब्द तिम्रो मुखबाट दिपक भनेको सुन्ने मन छ। तिम्रा धेरै सपनाहरु पूरा भएको हेर्ने मन छ। तिमीसँग ईलाम,गोर्खा अनि खप्तड घुम्न मन छ। यति छोटो हैन, जुगौजुगसम्म मित्रता गाँस्न मन छ।
तिमी राष्ट्रको सेवक डाक्टर हौ भनेर संसार चिनाउन मन छ, हाँस्दै गरेको एउटा सेल्फी खिचेर फेसबुकको भित्ता रंगाउन मन छ। तिम्रो बुवाआमालाई यो मृत्युको खबर हैन, लोकराजले आफ्नो डाक्टर पूरा गरेर हजुरको शिर माथि उठाएको छ अनि हजुरको लागि बहारी खोजेको छ भनेर सुनाउन मन छ।
प्रीय, तिमी एकचोटी भए नि उठीदेउ। तिम्रो सपनाको राजकुमारी चक्रले म्यासेज गरिरहेकी छ। उस्लाई तिम्रो मृत्युको खबर हैन, तिम्रो लोकराज साँच्चीकै सोर्ग को लोक छन्। ज्ञानी, राम्रो अनि मायालु पनि, तिमीहरुको जोडी खुब मिल्छ भनेर सुनाउन मन छ, मात्र तिमी एकपटक उठीदेऊ।
मेरा साना कुराको महत्व राख्ने मेरो प्रीय सथी लोकराज ,आज मेरो विलापको वास्ता गरिरहेको थिएन्। गर्थो पनि कसरी, ऊ यो संसार नदेख्ने गरी बिदा भैसकेको थियो। ऊसँग भएका प्रीय तस्बिरहरु फेसबुकको भित्तामा राख्दै, तिम्रो बैकुण्ठमा बास होस् लेखेँ। योभन्दा बढी लेख्न सक्ने अवस्था थिएन। हातहरु कापीरहेका थिए, मुटुको धड्कन कन्ट्रोलभन्दा बाहिर थियो।
दिपक धमाला
तुर्माखाँद गाउँपालिका ८ धमालि अछाम
सम्पर्क नंं. 9868851221