शहिदलखन,गाेरखा । अपाङगहरु लाई शहिद लखन गाउपालिकाको सहयोग तथा श्री प्रगतिशिल अपाङ संघ गोरखाको साझेदारीमा शहिद लखन गाउपालिका भित्रको अपाङता भएका ब्यक्तिहरुलाई ह्रवीलचियर,करचेश,बैशाखी,सेतो छडी,श्रावण यन्त्र ट,टवाईलेट चियर)सहायक सामाग्री वितरण भएको छ । कुल १०९ थान सामग्री वितरण भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारिले अपाङ्गता भएका नागरिकहरुकाे हितका लागि पालिकाबाट गर्न सकिने सहयाेग निरन्तर गरिने बताइन ।
कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठकाे अध्यक्षतामा भएकाे थियाे । शहिद लखन वडा न- १,२,३,४,५,६,९ का ७९ जना वडा-७,८ का ३० जना अपाङगता भएका नागरिकहरुलाइ सहायक सामग्री वितरण गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।